
वैशाख २६,२०७९ काठमाडौं : स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभावका सोमबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ।
जल तथा मौसम विज्ञानका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन्चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसमविद् हिरा भट्टराईले बिहान मधेस, बागमती र सूदूर पश्चिमप्रदेशमा आंशिक देखि सामान्य बदली रही देशकाअन्य पहाडी भू–भागमा आंशिक बदली रहेको जानकारी दिए। उनका अनुसार सोमबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ।

कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
विभागले दक्षिण बंगालको खाडीमा विकसित भएको ‘असानी’ चक्रवात उत्तरपश्चिम भारततर्फ सर्ने क्रममा रहेको र त्यसको असर नेपालमा पनि पर्ने बताएको छ।











