महिला दोश्रो मात्रै होइन पहिलो जिम्मेवारी लिन सक्षम छौं :रेणुका चौंलागाई

0
527

माओवादी जनयुद्ध सुरुभएदेखि नै संगठनमा आवद्ध रेणुका चौलागाई चांैरी देउराली गाउँपालिकाको अध्यक्षमा उम्मेदवार हुनुहुन्छ । वि.सं. २०३५ सालमा काभ्रे जिल्लाको कात्तिके देउराली–६ मा जन्मिुनु भएकी चांैलागाई सानैदेखि विद्रोही स्वभावकी हुनुहुन्थ्यो । परिवर्तनको चाहना राख्ने उहाँ अन्याय, अत्याचार, शोषण र दमनका विरुद्ध आवाज उठाउनु पर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । त्यसैको परिणाम अपरिपक्व उमेर १६ वर्षमै उहाँले जनवादी विवाह गर्नुभयो ।

छोरी मान्छे राजनीतिमा लागेको खबरले परिवारमा उहाँको विवाह गरिदिने चर्चा चल्न थालेपछि राजनीतिक पृष्ठभूमि भएको परिवार चौरीद ेउरालीगाउँपालिका–५ पोखरी चौरीका नविन गौतमसँग उहाँले विवाहग र्नुभयो ।२०५२ सालमा माओवादी जनयुद्धसुरु हुनु र त्यहीताका उहाँले पनि जनवादी विवाहगर्नुले तत्कालिन समाजमा निकै तहल्का मच्चियो । सिन्दुर, पोते, चुरा धागोको सट्टा उहाँले अविर लगाएर दियो बाली हात मिलाएर विवाह गर्नु तत्कालिन समाजमा निकै ठूलो चुनौती िथयो । जुन उहाँले गर्नुभयो । त्यसपछि समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन आयो,प्रहरीका लागि उहाँ मुख्यतारो बन्नुभयो । माओवादी र प्रहरीबीचकतै भिडन्त हुँदा प्रहरीले उहाँलाई नै शंका गर्ने, सोधपुछ गर्ने, नौ कक्षाकी बालिकालाई बाटो छेकेर, विद्यालयमै पुगेर, घरमै पुगेर प्रहरीले सोधपुछ गथ्र्याे । विस्तारै पढ्ने वातावरण हराउँदै गयो ।
स्थानीय स्कुलमा अध्ययनरत रहँदा उहाँ तत्कालिन एकताकेन्द्रको विद्यार्थी संगठनमा आवद्ध हुनुहुन्थ्यो । विद्यालयमा उहाँ (चौलागाई) मात्रै राजनीतिमा आवद्ध हुनुहुन्थ्यो । राजनीतिमा लागेको खबरले कोही छक्क पर्थे, कोही कुरा काट्थे ।
प्रहरीको पटक पटकको धरपकडका कारण श्रीमानगौतम र उहाँकादाजु यान प्रसादगौतम पनि भूमिगत हुनुभयो । पछि २०५६ सालमा तत्कालिन सरकार पक्षले पक्राउ गरी उहाँका श्रीमानलाई वेपत्ता बनायो ।
माइतीघर नजिकैको स्कुलमा पढ्न अप्ठेरो भएपछि घर नजिकैको स्कुलमा भर्ना भई पढ्न थाल्नुभयो । त्यहाँ पनिप ्रहरीले उहाँलाई मानसिक यातनादिन छोडेन ।
२०५३ सालमा पहिलो पटक उहाँ प्रहरीको कब्जामा पर्नुभयो । इलाका प्रहरी कार्यालय कात्तिके देउरालीले उहाँलाई पक्राउ गरी एक हप्तासम्म यातना िदयो । डोरीले बाँधेर कुट्ने गरेको याद उहाँको मानसपटलमा अझै छ । प्रहरीको यातनाले कैयनदिनभित्रबाहिर गर्न समेत गाह्रो भएको थियो उहाँलाई ।
प्रहरी अत्याचारका कारण गाउँमा १० वर्ष माथिका पुरुषहरु देखिन छोडे । घरगृहस्ती, मेलापात, पर्म सबै महिलाहरुले नै गर्न थाले । अन्यपुरुष सरह चौलागाईप्रतिप्रहरीले निगरानी बढायो ।
विद्यार्थी संगठनबाट महिला संगठनमा आवद्ध उहाँ ०५३ मामहिला संगठनको कोषाध्यक्ष हुनुहुन्थ्यो । पछि ०५४ सालदेखि पार्टीको पूर्णकालिन सदस्यभएर जनयुद्धमा होमिनुभयो ।
जनयुद्धकै दौरान २०५८ सालमा पुस १४ गते उहाँपुनःपक्राउ पर्नुभयो । सँगै रहेकादुई जनालाई प्रहरीले हत्याग¥यो । उहाँलाई पक्राउ गरी पाँचखाल चौकी ल्याइयो । १६ दिनपछि काठमाडौंको छाउनी व्यारेकमा एकहप्ता, हनुमान ढोकामा एक महिनाहुँदै सेन्टर जेलमा २ वर्षसम्म राखियो । २०६० सालमाउहाँ रिहाहुनुभयो । त्यसपछि पुनः पार्टीकै काममा क्रियाशिल चौलागाई २०६४ मा समानुपातिक तर्फबाट संविधानसभा सभासद् बन्नुभएको थियो ।
जनयुद्धकालदेखि निरन्तर पार्टीमा सक्रिय चौलागाई हाल नेकपा माओवादी केन्द्रकै तर्फबाट चौरी देउराली गाउँपालिकाको अध्यक्षका उमेदवार हुनुहुन्छ । पुष्पा महराले गर्नुभएको कुराकानीको अंश :
एजेण्डाहरु केके छन् ?
काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका राजधानी काठमाडौबाट नजिकभएपनि यो विकट क्षेत्र नै मानिन्छ । डाँडापारि र कोशीपारि भनेपछि कर्णाली सरह नै मानिन्छ । त्यसैले यहाँको स्वास्थ्य, शिक्षा, खानेपानीतथाजनताकाआर्थिक आयआर्जनका कुराहरु पूरा गर्नेछौं । यस पालिकालाई समुन्नत र राम्रो बनाउने चाहना छ । यहाँकामानिसहरुलाई कुनै पनि आधारभुत तथा भौतिक कुराहरुको अभावनहोस् भन्ने हाम्रो उद्देश्यहो ।
तपाईका जितका आधारहरु केके हुन् ?
जनयुद्ध सुरु भएदेखिअहिलेसम्मम यो पार्टीमानिरन्तर क्रियाशिल छु ।मुलुकमा आएको यो परिवर्तन ल्याउनका निम्ति मेरो अहम्भूमिका छ । अझभनौं मेरो जीवनको पूर्ण लगानीयहीँ छ । त्यस्तै यही परिवर्तनका निम्ति मेरो परिवारले गरेको त्याग÷तपस्या र बलिदान महत्वपूर्ण छ । यो परिवर्तनकानिम्ति मैले मेरो ५ जनापारिवारिक सदस्यगुमाएकी छु । दाजु कमल प्रसादचौलागाई, आमाजु बिन्दाचौलागाई र जेठाजु सहिद हुनुहुन्छ भने मेरो श्रीमान नविन गौतम र अर्की आमाजु कमलाचौलागाई शर्मा अझै वेपत्ता हुनुहुन्छ ।अहिलेसम्म जनताको सेवक बनेर कामगरिरहेको छु ।जनतासँग निकट छु । त्यसैले मेरो जीतनिश्चित छ ।
तपाईप्रति जनता कत्तिको सन्तुष्ट हुनुहन्छ ?
यहाँकाजनताले मलाई नेतृत्वमाआउनकालागि सुझावदिइरहनुभएको छ । म महिला, हिजोका दिनमा पनि महिलामुक्तिका लागि थुप्रै लडाई लड्यौँ । महिलाले पनिबोल्न पाउनुपर्छ, आफ्नो अधिकार पाउनुपर्छ भनेर आन्दोलनमा होमियौं । महिलाहरुलाई समग्रमा दोस्रो दर्जाको नागरिकको हैसियत प्रदान गरिरहँदा त्यस्ता महिलाहरुको नेतृत्व गर्नुपर्छ भनेर हिजो पनि लडें, अहिले पनिमहिलाहरुलाई माथि उठाउनुपर्छ, महिलाहरुलाई सत्तामा सहभागी गराइराखेको हाम्रै कारण हो । ति कुराहरु जनताले बुझ्नु भएको छ ।त्यस्तै म सहिद परिवार पनि ।मयही समाजमा छु, यही छु । यहाँको जनताको सुख, दुःख र अप्ठारोमा लागिपरेको छु । त्यसैले पनियहाँले जनताले मलाई नै नेतृत्वमा आउनका लागि सुझाव दिइरहनुभएको छ । समग्रमा उहाँहरु मेरो कामप्रति सन्तुष्ट हुनुहुन्छ ।
यस पालिकामा भ्रष्टाचारको अवस्था के–कस्तो छ ?
यस पालिकामा भ्रष्टाचार देखिएको छैन । अन्यत्रको तुलनामा भ्रष्टाचारको मामिलामा खोट छैन । अन्यपालिका र जिल्लाबाट आउनेहरुले पनि सुन्दर छ चौरी देउराली, विकासमा पारदर्शी छ भन्ने प्रतिक्रिया दिनुभएको छ ।यसलाई हामी भोलिका दिनमा पनिनिरन्तरता दिनेछौं ।

SHARE