बैद्य माओवादीका केन्द्रीय नेता ज्ञवाली र बजगाईसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

0
376

काठमाडौं, २५ बैशाख । माओवादी जनयुद्धमा सहभागि स्थापित नेताहरु मोहन बैद्य र नेत्र विक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बैद्य माओवादीको केन्द्रीय स्तरमा रहेका वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवाली र मजदुर नेता बद्री बजगाईको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।उनीहरुलाई आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा स्वागत गरिएको थियो ।

सो अवसरमा पार्टी परित्याग गरी माओवादी केन्द्मा प्रवेश गर्ने नेता तथा साहित्कार ज्ञवालीले नेपालमा माओवादी पार्टी, आन्दोलन र क्रान्तिको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव देखेकाले आफूहरुले पार्टी प्रवेश गरेको बताएका थिए । उनले आफू पुरानै घर फर्कन पाउँदा हर्ष समेत व्यक्त गरेका थिए ।

काठमाडौंका स्थायी बासिन्दा ज्ञवाली विश्वविद्यालयको प्राध्यापन छाडेर माओवादी जनयुद्धमा सामेल भएका थिए । उनले थुप्रै साहित्यहरु रचना गनूृका साथै अनुवाद र समालोचना समेत गरेका छन् । उनले माओवादी जनयुद्धकालमा सञ्चालित रेडियो जनगणतन्त्र नेपालमा समेत नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।

त्यसै गरी मजदूर नेता बद्री बजगाई माओवादी मजदूर आन्दोलनका शसक्त नेतृत्व गर्नेमध्ये एक थिए । उनी पनि माओवादी भित्र बैचारिक र बौद्धीक नेताको रुपमा स्थापित थिए । उनी पनि काठमाडौंका स्थायी बासिन्दा हुन् । उनीहरुसँगै विप्लव माओवादी र बैद्य माओवादीका दर्जन बढि नेताहरु प्रवेश गरेका थिए । कार्यक्रममा माओवादी नेता हितमान शाक्यलगायतको उपस्थिति रहेको थियो ।

SHARE