
वैशाख २१,२०७९धनकुटा ः बालिका बलात्कारको अभियोगमा धनकुटामा एक युवक बुधवार पक्राउ परेका छन्।
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका ३ का २० वर्षीय सुवास कटुवाललाई पक्राउ गरेको हो।
पीडित बालिकालाई आरोपितले गत फागुन ८ गते बलात्कार गरेको भनी सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई बुधबार घरैबाट पक्राउ गरी जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए।











