लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

0
509

वैशाख २१,२०७९ नवलपरासी : लागुऔषधसहित दुई भारतीय नागरिक गएराति पक्राउ परेका छन् । भारतको महाराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र गोरखपुरका १९ वर्षीय राकेश सहानी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरूलाई गएराति नियन्त्रणमा लिएको जानकारी दिए।

इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले यूपी ५६ एएन ३९४२ भारतीय नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा १७५ एम्पुल डाइजापाम, १७५ एम्पुल फेनारगन, १७५ एम्पुल नुफिन नामक अवैध लागुऔषध फेला पारेका हुन्।

SHARE