घाँस काट्दै गर्दा भीरबाट लडेर ज्यान गयो

0
331

वैशाख १९,०७९बागलुङ : निसीखोलामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

निसीखोला गाउँपालिका वडा नम्बर ४ थापागाउँबाट घाँस लिएर कालेखेतस्थित घर फर्किने क्रममा भीरबाट लडेर स्थानीय ५१ वर्षीय दिलमणि थापाको मृत्यु भएको स्थानीयले बताएका छन्।

भिरबाट लडेर सिकिस्त भएका थापालाई स्थानीय मेडिकलमा ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख विष्णु थापाले जानकारी दिए।

थापा करिब १ सय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ।

SHARE