कालीगण्डकीमा बेवारिसे शव फेला

0
460

बैशाख १६,२०७९पर्वत : पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित खनियाघाटमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार खनियाघाटमा कालीगण्डकी नदीको बीच भागमा करिब ३५‚ ४० वर्ष उमेर अनुमान गरिएका पुरुषको बेवारिसे शव फेला परेको हो।

शवको प्रकृति हेर्दा मृत्यु भएको २‚ ३ दिन भएको हुन सक्ने अनुमान गरिएको छ।

अनुहारमा सामान्य चोट देखिएको भए पनि त्यो चोट बग्ने क्रममा नदीको ढुङ्गामा ठोक्किएर लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

SHARE