गुल्मीका दुई पत्रकार स्थानीय तहको चुनावी मैदानमा

0
372

बैशाख १५ गुल्मी,
यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गुल्मीबाट दुई जना पत्रकार उम्मेदवार बन्नुभएको छ ।
नेपाल पत्रकार महासंघ गुल्मी शाखाका सदस्यहरु हीरा एसी र घनश्याम खरेलले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनुभएको छ ।
हीरा एसी नेकपा एमालेको तर्फबाट इश्मा गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको छ । घनश्याम खरेलले नेकपा माओबादी केन्द्रको तर्फबाट चन्द्रकोट गाउँपालिका वडा नम्वर एकको वडा अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको हो ।

स्थानीय तहमा युवाको नेतृत्वमा केही अनुकरणीय कार्य गरौं भन्ने उद्येश्यले आफूहरुले मनोनयन दर्ता गराएको उहाँहरुको दाबी छ ।
आफूहरुले निर्वाचन जिते पछि सामुदायीक बिद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न र शिक्षा प्रर्णालीमा सुधार गर्ने ,युवाहरुलाई ब्यबसायिक कृषि र पशुपालनको माध्यमबाट गाउँमै टिकाइराख्न सकेमा युवा शक्तिलाई बिदेशीनबाट रोक्न सकिने उहाँहरुको योजना छ ।
यस्तै गाउँपालिकामा सुशासन कायम गर्न र योजनाहरुमा नागरिकहरुको प्रत्यक्ष सहभागिता गराउनु आफनो पहिलो प्राथमिकता रहने हीरा एसीले बताउनुभयो ।
गाउँपालिकामा सुशासन कायम गर्ने,पारदर्शीता , सामाजिक परीक्षण , सार्वजनिक सुनुवाई जस्ता कार्यहरुलाई अनिवार्य गरी सुशासन कायम गर्ने उहाँको दाबी छ ।
पछिल्लो समयमा बढ्दो सूचना र प्रबिधिलाई उच्चत्तम प्रयोग गरी सहज र सरल तरिकाबाट नागरिकहरुलाई सेवा प्रवाह गर्न आफू लाग्ने एसीको भनाई छ ।
दीर्घरोगीहरुको निशुल्क स्वास्थ्य सेवा, ब्यबस्थित रुपमा निशुल्क एम्बुलेन्स सेवा र बसाई सराईको दरलाई कम गर्नका लागि शिक्षा, स्वास्थ्य , खानेपानी र सडकहरुलाई स्तरोन्ती गरी बसाई सराईको दरलाई कम गर्ने एसी र खरेलको योजना छ ।

स्थानीय तह निर्वाचनको लागि जिल्लामा दुई लाख २४ हजार २७६ जना मतदाता रहेका छन् निर्वाचनको लागि एक सय ४२ मतदान स्थल रहेको छ भने दुई सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

SHARE