जवरजस्ती करणी पश्चात फरार रहेका प्रतिवादी पक्राउ

0
358
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

गीता पाण्डे
बैशाख १५,२०७९ गुल्मी : १८ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरी फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर ६ का ४३ बर्षीय उमबहादुर नेपालीले १८ बर्षीय किशोरीलाई गत फागुन २ गते दौघामा रहेको स्थानीय लक्ष्मी नेपालीको गोठमा जवरवस्ती करणी पश्चात फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजतलास गरेको थियो ।
बैशाख १२ गते कार्यालयमा प्राप्त सूचना अनुसार निजलाई बैशाख १३ गते घरबाटै प्रकाउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिए ।
किशोरीको महिनावारी रोकिए पश्चात घर परिवारले स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गर्न लगेका थिए । मेडिकलमा स्वास्थ्य जाँच गर्दा किशोरीको गर्भ रहेको भन्ने थाहा भएपछी मात्र प्रहरीमा खबर गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पश्चात निजलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE