गुल्मीमा जवरजस्ती करणी गरी फरार रहेका आरोपी बुटवलबाट पक्राउ

0
293
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

गीता पाण्डे
बैशाख ८ : गुल्मीमा जवरजस्ती करणी गरी फरार रहेका आरोपी पक्राउ परेका छन् ।
जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ३ का २९ बर्षीय कृष्णबहादुर नेपालीले बैशाख ४ गते साँझपख सोही स्थानकी २७ बर्षिय सुस्त मनस्थिती महिलालाई जवरजस्ती करणी गरी फरार रहेका थिए ।
नेपालीले जवरजस्ती करणी गरी फरार रहेको भन्ने कार्यालयमा प्राप्त सूचनाको आधारमा खोजतलासी गर्दा निजलाई बुटवलबाट पक्राउ गरी गुल्मी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी ) भीमबहादुर दाहालले जानकारी दिनुभयो ।
नेपालीले ठाडढुंगाको खोल्सामा जवरजस्ती करणी गरी फरार रहेको भन्ने आरोप लागेको छ ।
निजलाई बैशाख ७ गते जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जवरजस्ती करणीको मुद्धा दर्ता गरिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE