मुसिकोट नगरपालिकामा कुनै प्रकारको भ्रस्टचार भएको छैन . सापकोटा

0
803

रामकृस्ण कंडेल,वामीटक्सार
मंसिर२४
सुशासन प्रवद्र्धनका लागि नागरिक सञ्जाल गुल्मीले सोमबार प्रजिअ कोषहरी निरौलालाई जिल्लाका विभिन्न सरकारी कार्यालयहरुको आर्थिक अवस्था समेटेर प्रस्तुत प्रतिबेदनले केहि अस्पस्टता सृजना गरेको मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटाले बताए । हाल सम्म मुसिकोट नगरपालिकाले हरेक आर्थिक कार्य गर्दा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहका लागि बिशेष जोड दिएको बताए ।नगरप्रमुख सापकोटाले आफुहरूले विकास निर्माणका कामहरु पारदर्शी बनाउन प्रयास गरेको,नगरभित्रका सेवाप्रवाहबारे नियमित सार्वजनिक सुनुवाई,सार्वजनिक परीक्षण, सामाजिक परीक्षण समेत गरिएको बताए ।


हिजो प्रमुख जिल्ला अधिकारी समक्ष प्रस्तुत प्रतिबेदनमा हाम्रो नगरपालिकाको बेरूजु रकम पनि देखाईएको पाईयो। हाम्रो मुसिकोट नगरपालिकाको सन्दर्भमा सामाजिक सुरक्षा भत्ता बितरणको सन्दर्भमा वडा सचिब हरूले पेश्कि लिएको,सबै वडामा तत्कालिन अबस्थामा बैकिड०सेवा नपुगेकोले एक बर्ष पछि मात्र बैंकमा पोस्टिड० हुने नियम अनुसार बेरूजु देखिएको हो।बेरूजु भनेको भ्रस्टचार होईन।मुसिकोट नगरपालिकामा कुनै प्रकारको भ्रस्टचार भएको छैन र म कदापि हुन पनि दिने छैनूमुसिकोट नगर प्रमुख शोमनाथ सापकोटाले दाबी गरे।

SHARE