गर्भवती महिलाहरुलाई फिल्टर बितरण

0
519

तिलाचन पाण्डे
मंसिर २४ , २०७६ गुल्मी ः
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ३ जयखानी र वडा नं ६ खडग्कोटका गर्भवती महिलाहरुलाई फिल्टर बितरण गरिएको छ ।
गर्भवती भएको समयमा शुद्धपानी र नियमित रुपमा सवास्थ्य चौकीमा आई गर्भ परीक्षण गराउनका लागि प्रेरित गर्ने भन्दै २१ जना गर्भवती महिलाहरुलाई शुद्ध पानी पउिनका लागि फिल्टर बितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिईन । अझै पनि ग्रामीण स्तरका र कालीगण्डकी गाउँपालिकाका केही बिकट स्थानका महिलाहरुले नियमित रुपमा गर्भजाँच नगराएको पाइएकाले उनीहरुलाई नियमित रुपमा गर्भजाँच गराउनु पर्छ भन्ने जानकारी गराउदै सु आहारा र कालीगण्डकी गाउँपालिकाले फिल्टर बितरण गरेको दाबी गरिन् ।
गर्भवती भएको समयमा स्वास्थ्यको ख्याल गर्न , भारी काम नगर्न र आराम गर्नका लागि आग्रह गर्दै दिनमा सात लिटर पानी पिउन भन्दै फिल्टर बितरण गरिएको थापाले बताइन् । गत बर्ष गर्भवती महिलाहरुलाई पोषण युक्त खानाका लागि प्रेरित गर्ने अभिप्रायले अण्डा बितरण गरिएको भएपनि त्यो प्रभाबकारी नभएको र घरका श्रीमानहरुले सोही अण्डासंग मदिरा सेबव गरिदिएकाले यस पटक फिल्टर बितरण गरिएको थापाले दाबी गरिन् । कालीगण्डकी गाउँपालिका वडा नं ७ भुर्तुङका वडा अध्यक्ष लोक प्रताप शाहाले वडा भित्र सुत्केरी भएका महिलाहरुलाई अनिवार्य रुपमा एक माना घिँउ लिएर भेट्न जाने गरेका छन् ।

SHARE