नामको मात्रै गठबन्धन ,काम गर्नमा आफू सक्षम

बिकासका लागि स्थानीयले आफूलाई मत दिनेमा पाण्डे ढुक्क

0
465
पत्रकार सम्मेलनमा आफनो धारण राख्नु हुँदै राजेन्द्र पाण्डे तस्विर :खबर मार्केट

गीता बस्याल पाण्डे
बैशाख ३,२०७९ गुल्मीः रेसुंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र पाण्डेले सबै दल एकातिर भएपनि आफू एक्लैले निर्वाचन जित्न सक्षम रहेको दाबी गरेका छन्

सदरमुकाम तम्घासमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सबै दलको गठबन्धन भएपनि आफूले निर्वाचन जित्नेमा कुनै शंका नरहेको बताएका छन् ।
यहाँका स्थानीय जनताको माग अनुसार नै बिकास गर्नका लागि आफू राजनीतिमा आएको उनको भनाई छ ।

रेसुंगा नगरपालिकाको समृद्धिका लागि आफूसंग धेरै योजनाहरु रहेको भन्दै आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए । आफूले नगरको बिकासका लागि अल्पकालिन र दीर्घकालिन योजनाहरु बनाएर अगाडी बढ्ने योजना समेत सुनाए ।

पाँच दल एकातिर तपाई एकलै पनि निर्वाचन जित्ने आधार केछ त भन्ने पत्रकारको प्रश्नमा उनले स्थानीय निर्वाचनमा जनताले पार्टी नहेरी ब्यक्ति हेर्ने भएकाले पनि आफूले निर्वाचन ढुक्कसंग जित्ने दाबी गरे ।

गठबन्धनको नाम मात्रै भएकाले काम गर्नका लागी आफू आएको उनको दाबी छ । गठबन्धनमा पाँच दल भएपनि उनीहरुसंग बिकासको योजना नभएको भन्दै बिकास गर्नका लागि यहाँका स्थानीयहरुले आफूलाई रोज्ने समेत दाबी गरे


लामो समयसम्म सरकारी जागिरमा रहेका पाण्डेले अबकास पछि यहाँको माटोले आफूलाई खोजेको भन्दै आफनो जन्मभूमिमा केही बिकास गरौँ भन्ने उद्येश्यले आफू राजनीतिमा आएको बताएका हुन् ।
२०६२ सालमा इन्जिनियरीङ पास गरी तत्कालिन आवास तथा भौतिक मन्त्रालयमा कार्यरत रहदै २०७८ साल माघ १९ गते अबकास प्राप्त गरी उनी खुल्ला राजनीतिमा आएका हुन् ।

गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले पाण्डेलाई,मुसिकोट नगरपालिकामा जीवन खरेल,कालीगण्डकी गाउँपालिकामा रामजी ढकाललाई उमेद्वारी बनाउने निर्णय गरेको छ ।
यता पाँच दलीय गठबन्धनले भने उमेदवारको टुंगो लगाउन सहमतिको नजिक पुगेको गठबन्धनका प्रबक्ता बुद्धि जिशीले जानकारी दिए ।

SHARE