गुल्मी महोत्सवको उद्घाटन गृहमन्त्री खाँडले गर्ने

0
668

अनिल खत्री
चैत २४,२०७८ गुल्मी : कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सवको सम्पूण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चल्ने चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाकोे अबसरमा आयोजित पत्रकार सम्मेलन मार्फत सम्पूर्ण तयारी पुरा भएको महोत्सव प्रचारप्रसार समिति संयोजक ताराप्रसाद भुसालले बताए ।

महोत्सवको शुक्रवार गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्ने कार्यक्रम रहेको भुसालले बताए । महोत्सवमा आउने पाहुना तथा दर्शकहरुलाई मध्य नजर राखेर तम्घास बजार प्रबेश गर्ने तीन स्थानमा स्वागत गेट निर्माण गरिएको छ ।

स्वागत गेट तम्घासको उपल्लो तम्घास, पुतलीबजार र उदिनढुङ्गामा निर्माण गरिएको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । महोत्सवलाई सफल बनाउन तम्घास बजार वासीले आफनो घर घरमा स्वागत व्यानर राखेर सिंगारिएको छ ।

महोत्सव हुने चिदीचौर मैदानमा मेला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भएको छ ।

SHARE