नायक बन्न लागेका ओली खलनायक भएर निक्लिए : प्रचण्ड

0
231
फाइल फोटो

चैत १४,२०७८ रुकुम : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट एकता गरी केपी शर्मा ओलीलाई नायक बनाउने प्रयास गरे पनि उनी खलनायक भएर निस्किएको आरोप लगाएका छन्।

रोल्पा सदरमुकाम लिवाङमा आयोजित आमसभालाई आज (सोमबारं) सम्बोधन गर्ने क्रममा प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीतर्फ संकेत गर्दै भने, ‘जसलाई हामीले धोइपखाली गरेर राम्रो बनाउन सकिन्थ्यो कि भनियो, जसलाई नायक बनाउन सकिन्थ्यो कि भनियो उनी खलनायक निक्लिए।’

०७५ सालमा माओवादी र एमाले एकताको प्रसंग उठाउँदै अध्यक्ष प्रचण्डले ओली संविधान र परिवर्तनविरुद्ध लाग्दा समस्या उत्पन्न भएको बताए।

यसअघि काठमाडौंमा आयोजित एउटा कार्यक्रममा एमाले अध्यक्ष ओलीले पार्टी एकता गर्ने क्रममा माओवादी अध्यक्ष दाहाललाई धुँदा बाग्मती मैलो भएको भन्दै कटाक्ष गरेका थिए। त्यसको जवाफ प्रचण्डले रोल्पा पुगेर दिएका छन्।

SHARE