
चैत१२,२०७८ गुल्मी :नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादीका) अध्यक्ष माधबकुमार नेपालले केपी ओली नेतृत्वको नेकपा एमाले पार्टीलाई देशभरबाट धुलो चटाइदिने बताएका छन् ।
ओलीलाई बालुवाटारबाट बाल्कोटसम्म पुर्याउदा पनि चुरीफुरी अझै नहराएकाले आगामी निर्वाचनमा देशभरबाट धुलो चटाइदिने बताएका हुन ।
एकीकृत समाजबादी पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एमालेलाई केन्द्र, प्रदेश सरकारबाट हटाएर धुलो चटाएको बताए ।
उनले यती गर्दा पनि केपी ओली नसुध्रीएकाले अब गुल्मी जिल्लाबाट पनि धुलो चलाइदिए पछि चुरीफुरी हराउने बताए ।
आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई धुलो चटाइदिन शहरी विकासमन्त्री रामकुमारी झाँर्कीलाई केहि दिन जिल्लामा खटेर काम गर्न निर्देशन दिए ।

जसरी राजतन्त्रका निम्ति आन्दोलनमा उत्रिएका थियौं नेपालले भने,‘अब ओली प्रबृत्तिका निम्ति सबै शक्ति एक भएर अगाडी बढनेछौं’ ।
अहिले ७ वटै प्रदेशमा केपीओली नेतृत्वको एमाले पार्टीमा सूर्य ग्रहण लागेको बताए । उनले एमाले अध्यक्ष केपी ओलीको अंहकारी सोचका कारण पार्टीमा सुर्य ग्रहण लागेको बताए ।
ओलीले नेतृत्व गरेको पार्टीमा बिचार ,सिद्धान्त केही नभई ओलीका आसेपासेहरु मात्र रहेको आरोप लगाए । अध्यक्ष नेपालले एमाले कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने जिकीर गरे ।






