हातहतियार बुझाउन प्रशासनको निर्देशन

0
233

चैत११,२०७८ मकवानपुर : चैत मसान्तभित्र आफूसँग भएको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ।

इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो। स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार चैत ३० गतेभित्र नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले अनुरोध गरेको छ।

गृहमन्त्रालयको निर्देशनअनुसार सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

SHARE