रेसुङ्गामा लक्षित कार्यक्रम अन्तर्गत हिल टंकी, बलाङ्केट र धागो बितरण

0
326

सन्तोष महतारा
चैत ८,२०७८ गुल्मीः गुल्मीको रेसुङ्गा नगरपालिकामा सामाजिक तथा समावेशी लक्षित कार्यक्रम गरिएको छ । नगरपालिकाको वडा नम्बर २ को आयोजनामा सामाजिक तथा समावेशी लक्षित कार्यक्रम अन्तर्गत हिल टंकी, बलाङ्केट र धागो बितरण गरिएको हो ।

वडा नम्बर २ का लक्षित लाभग्राहीलाई ३४ थान टंकी, ४६ थान बलाङ्केट र ५८ जनालाई धागो बितरण गरिएको वडाध्यक्ष उदयबहादुर थापाले जानकारी दिए ।

सामाजिक तथा समावेशी लक्षित कार्यक्रम अन्तर्गत कुल ३ लाख लागतमा हिल टंकी, बलाङ्केट र धागो बितरण गरिएको वडाध्यक्ष थापाले बताए । रेसुङ्गा नगरपालिकाका उपप्रमुख सिता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी र वडाध्यक्ष उदय बहादुर थापाले लाभग्राहीलाई सामाग्री बितरण गरेका हुन् ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले वडाको सर्वदलीय निर्णय अनुसार ज्येष्ठ नागरिक सम्मानका लागि बलाङ्केट बितरण, एकल महिलालाई एकल महशुसबाट टाढा राख्न धागो र खानेपाली संकलनका लागि हिल टंकी बितरण गरेको बताएका थिए । सम्मान भावनात्मक एकता भएको भन्दै मरासिनीले ज्येष्ठ नागरिक सम्मान गर्न पाउँदा आफू हर्षित बनेको बताएका थिए ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिले रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या केही हदसम्म कम गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले मझेङ खानेपानीको काम सकिएपछि खानेपानीको अभाव नहुने बताएका थिए ।

रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सिता भण्डारीले सबै प्रकारका समूहलाई लक्षित वर्गको रुपमा नगरपालिकाले काम गरिरहेको बताइन् । रेसुङ्गा नगरपालिकाले जनताको हितमा थुप्रै काम गरिरहेको भन्दै उपप्रमुख भण्डारीले देशभरका ४ पालिका मध्ये रेसुङ्गा नगरपालिकाले पनि सफ्टवेयरबाट काम गरिरहेको जानकारी गराएकी थिइन् ।
नागरिकलाई स्थानीय सरकारको महशुस गराउनका लागि नगरपालिकामा वडामार्फत सामाजिक तथा समावेशी लक्षित कार्यक्रम भइरहेको नगरपालिकाले जनाएको छ ।

SHARE