करिब ७ करोडको लगानीमा चन्द्रकोटमा प्रशासकीय भवन बन्ने , पुर्वमन्त्रीद्धारा शिलन्यास

0
270

टोपलाल अर्याल
चैत ८,२०७८ गुल्मीःचन्द्रकोट गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास गरिएको छ ।

चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा निर्माण हुने प्रशासकीय भवनको लुम्बिनी प्रदेश सभाका पुर्व मन्त्री सुर्दशन बरालले शिलन्यास गरेका हुन् ।

भवनको शिलन्यास गर्दै बरालले भौतिक पुर्वाधार र कर्मचारीको अभावकाबिच पनि स्थानीय तहले गरेको कामको प्रसंसा गरे । उनले नागरिकको सेवा प्रबाहलाई अझै प्रभावकारी बनाउन भवनको महत्वपूर्ण भुमिका हुने बताए ।

स्वच्छन्द–सुसन–लर्डबुद्ध जेभीले ६ करोड ७९ लाख २९ हजार ६ सय ७६ रुपैयाँमा भवन निर्माणको सम्झौता गरेको छ । सम्झौता अनुसार निर्माण व्यावसायीले ३२ महिनामा काम सम्पन्न गर्नुपर्ने चन्द्रकोट गाउँपालिकाका प्रमुख द्रोर्ण बहादुर खत्रीले जानकारी दिए । चन्द्रकोट गाउँपालिकाले स्थापनाकालदेखिनै चन्द्रकोट क्याम्पसबाट प्रशासनीक सेवा प्रबाह गर्दै आएको थियो ।

स्थानीय चार जना जग्गादाताले निशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माणको काम अगाडी बढाइएको गाउँपालिका उपप्रमुख राधिका अर्यालले बताइन् । उनले स्थानीय नुमकला अर्याल, उत्तम खत्री, डम्बर कुमारी कुवंर र टेक बहादुर गलामीले गाउँपालिका भवन र बहुउदेश्यीय सभाहलको लागि आवश्यक जग्गा निशुल्क प्रदान गरेको जानकारी दिइन् ।

शिलन्यासमा कार्यक्रममा जिल्ला समन्वयन सदस्य चेतन बस्नेत, रमादेवि पुन, माओवादी केन्द्रकी केन्द्रिय सदस्य सृजना तरामु, गाउँपालिका उपाध्यक्ष राधिका अर्याल लगायतको उपस्थिती रहेको थियो ।

गाउँपालिका अध्यक्ष खत्रीको अध्यक्षता तथा बरालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन गाउँपालिकाले योजना अधिकृत शिव ज्ञवालीले गरेका थिए ।

SHARE