डिभिजन वन कार्यालय गुल्मीद्धारा डढेलो व्यवस्थापन तथा जनचेतना कार्यक्रमको शुभारम्भ

0
767

सूर्य सुनार चैत ७,२०७८गुल्मी:डिभिजन वन कार्यालय गुल्मीले वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह कार्यक्रम सोमबार देखी शुभारम्भ गरेको छ ।
डढेलोबाट वनलाई जोगाऔँ हामी सबैको प्रयासले मात्र वन डढेलोयुक्त जोखिम न्यूनिकरण गर्न सक्छौ भन्ने उदेश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा ७ दिन सम्म विभिन्न प्रकारका जनचेतनामुलक कार्यक्रम आयोजना गरि मनाइने डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत रामकुमार चौधारीले बताउनुभएको थियो । यसमा प्रचारप्रसार,रेडियो तथा टेलिभिजनबाट सुचना बजाउने, सामुदायिक वनहरु संग अन्र्तक्रिया कार्यक्रम गर्ने जस्ता कार्यक्रम गरिएको छ ।
साथै जिल्लामा डढेलो लाग्नु भन्दा पहिला नागरिकहरुले आफनौ ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभएको थियो । आगोलागि जन्य क्रियाकलापले धनजनको समेत क्षेती पुयाउने भएको हुँदा सचेत रहनुपर्नेमा जोड् दिनुपर्ने बताउनुभयो ।

डिभिजन वन कार्यालय गुल्मीले डढेलो नियन्त्रण कार्यक्रमलाई जिल्लामै अभियानको रुपमा लैजाने बताएको छ । विगतका वर्षमा जिल्लामा डढेलो बढि लागेको हुँदा यस वर्ष आगोलागी जन्य क्रियाकलाप रोक्न वन कार्यालय गुल्मीले यस वर्ष न्यूनिकरण गर्ने उदेश्यले वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह कार्यक्रम गरेको सहायक वन अधिकृत गोकुल कुमार सुनारले बताउनुभयो ।

कार्यक्रममा जिल्लाका महेन्द्र नमुना माध्यामिक विद्यालय , अर्जुन आवासिय माध्यामिक विद्यालयका विद्यार्थी, सुरक्षाकर्मी डिभिजन वन कार्यालय गुल्मीका कर्मचारी र पत्रकार लगायतको उपस्थित रहेको थियो । प्रभातफेरी कार्यक्रममा डिभिजन वन कार्यालय गुल्मीको कार्यालय देखी जिल्ला प्रशासन हुँदै पुतली बजार देखी भिमचोक लगायतका ठाउँमा सुचनाका पेलेकार्ड बोकेर बजार परिक्रम गरिएको थियो ।

SHARE