शुक्रबार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै जान्नुहोस तपाईंको आजको भाग्य

0
492


मेष :आजको दिन आर्थिक दृष्‍टिकोणले हेर्दा राम्रो रहेको छ धन लाभ हुनुका साथै भबिश्यको लागि पनि धन संचय गर्ने सम्भावना रहेको छ । ब्यापार ब्यवसायमा बृदि र बिस्तार हुने सम्भावना रहेको छ । आजको दिन हर्श र खुशी पूर्ण रहनेछ । साथी भाई र आफन्त सँग रमाइलो गरिने छ । छोटो यात्राको पनि सम्भावना रहेको छ आजको दिन तपाईंको लागि शुभ रहेको छ ।

वृष :आजको दिन आफ्नो बोलिले अरुलाई प्रभाबित तुल्याएर महत्वपूर्ण कामहरु बनाउने समय रहेको छ तपाईंको मन प्रफुल्ल्तित रहनेछ आजको दिनमा । शुभ कार्य गर्न मन लाग्ने छ । आफुले काम गरे अनुसार फल प्राप्त हुनाले मनमा हर्श उमंग छाउने र काम गर्न हौसला बढ्ने देखिछ । आफुसँग भएको धनलाई सहि प्रयोग गर्नको लागि आजको दिन अनुकुल रहेको छ ।

मिथुन: आजको दिन तपाईंको मनमा अनेक प्रकारका बिचारहरु आउनेछन अलमलिएर नबस्नु राम्रो हुन्छ नियमित गरिआएका काम धन्दामा बढी मेहनत गर्नुहोला । बौद्दिक कार्यहरु पनि गर्नुपर्ने हुँन सक्छ । माता वा श्रीमतीको कुराले गर्दा तपाईंको मन बिचलित हुन सक्छ धैर्य गर्नुहोला । बहिरको यात्राा वा बसाइसराइको पनि योग रहेको छ । आज तपाईं स्त्रिको कुरामा र तरलपदार्थ सँग सम्बन्धित चिजहरुमा सचेत हुनुपर्ला । आज अलिबढी मानशिक थकान भएको महसुस हुन सक्छ ।

कर्कट : तपाईंको आजको दिन शुभ रहेको छ कुनै नयाँ कार्य गर्ने सोच बनाउदै हुनुहुन्छ भने आजको दिन तपाईंको लागि राम्रो रहेको छ । धेरै पछी टाढा भएको साथी सँग भेट घाटको पनि सम्भावना रहेको छ मित्र वा आफन्त सँग रमाइलो गरिने छ । आज दिन भर नै मन खुशी हुने छ । नोकरी ,ब्यापार जस्ता क्षत्रमा तपाईंका प्रतिस्पर्धी माथि बिजय हासिल गर्नुहुनेछ । सामाजिक मान प्रतिस्ठा प्राप्तीको पनि सन्केत मिलेको छ ।

सिंह :आजको दिन तपाईंको लागि समग्रमा मध्यम फल दिने खालको रहेको छ तर आर्थिक रुपमा आजको दिन राम्रो सन्केत देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ
अली बढी खर्च हुन सक्छ । कतै टाढाको साथी वा आफन्तको खबर सुन्न पाउदा मन खुशी हुनेछ । स्त्रीबाट साथ र सहयोग प्राप्त हुने देखिन्छ । बोलिले अरुलाई प्रभाबित गर्न सक्नुहुनेछ । आँखा वा दात सम्बन्धी समस्या भए राहत मिल्नेछ । मिठो भोजनको को पनि अवशर प्राप्त हुन सक्छ । गर्न खोजेका काम हरु क्रमश सफल हुने देखेन्छ आजको दिनमा ।

कन्या : ब्यबसाईक र आर्थिक रुपमा आजको दिन राम्रो रहेको छ । तपाईंको क्षमताको कारण महत्वपूर्ण कामहरु सफल हुनेछन । स्वास्थ्य पनि राम्रो रहेको छ । मन प्रशन्न रहनेछ । कतैबाट खुशीको खबर सुन्न पाईेला । बैबाहिक जीवन सुखद रह्को छ जीवनसाथीको पूर्ण साथ रहनेछ । आर्थिक लाभ हुने समय रहेको छ । समग्र आजको दिन रमाइलो रहनेछ कन्या राशी हुनेतपाइको लागि ।

तुला : आजको दिन तुलाराशी हुने तपाईंले स्वास्थ्यको अलिबढी ख्याल गर्नुपर्ला । निर्णयहरु गर्दा ध्यान पुर्याउन नसक्दा मानसिक तनाब र चिन्ता हुन सक्छ कुनै महत्वपूर्ण निर्ण्य गर्नुपर्ने छ भने आज नगर्नु नै राम्रो होला । आजको दिन अली बढी खर्चहुने पनि योग रहेको छ। बोलीमा बिचार नपुर्याउदा बाद बिबादमा पर्न सक्ने पनि सम्भावना रहेको छ बोलिमा नियन्त्रण गर्नु राम्रो होला । आजको दिन भगवानको पूजा आराधना गर्ने र नियमित गरिआएका कामहरु गर्नु राम्रो हुनेछ तपाईंको लागि ।

वृश्चिक : तपाईंको आजको दिन लाभ पूर्ण रहेको छ । नोकरी वा ब्यवसायबाट लाभ प्राप्त हुने देखिन्छ । छोराछोरी र श्रीमतीको राम्रो खबर सुन्न पाइेएला । साथीभाइ सँग छोटो दुरिको रमाइलो यात्राको पनि सम्भावना रहेको छ । आफुभन्दा ठुलालाई खुशी बनाएर काम बनाउने समय रहेको छ । उपहार पुरस्कार प्राप्त हुन सक्छ । यदी तपाईं अविवाहित हुनुहुन्छ र विवाहको कुरा चल्दै छ भने आजको दिन कुनै महत्वपूर्ण निर्णय हुन सक्छ । परिवार सुखी र खुशी हुँदा मनमा हर्श र उमंग छाउनेछ ।

धनु : आजको दिन तपाईंकोलागी निकै सुखद रहेको छ । गृहस्थजीवन आनन्दमय रहने छ । तपाईंले गर्न खोजेका हरेक कार्य सफल हुनेछन । घरमा तपाईं भन्दा ठुला बढाको साथ र आसिर्बाद प्राप्त हुनेछ । आफ्नो ब्यवसायको क्रममा कतै यात्राको पनि सम्भावना देखिन्छ । तपाईंले आजको दिन अन्य दिन भन्दा अली बढी नै काम गर्नुपर्ने हुन्छ तर पनि सबै काम पूर्ण हुनेछन । काम हरु बन्ने र आफन्तको साथ र सहयोग प्राप्त हुनेहुँदा आजको दिन खुशी साथ बित्ने देखिन्छ धनुराशीहुने तपाईंको ।

मकर : आजको दिन तपाईंलाई मिश्रित फल प्राप्त हुने देखिन्छ । ब्यवसाय नयाँ तरिकाले गर्ने सोच आउन सक्छ नयाँ तरिकाले गर्दा तपाईंलाई लाभ मिल्नेछ आफ्नो रचनात्मक क्षमताको कारण तपाईं सफल हुनुहुनेछ । अली बढी मानशिक कार्य हरु गर्नुपर्ने भएको कारण मानसिक थकान महसुस हुनेछ । तपाईंको आजको दिन अली बढी खर्चको योग बनेको छ अनावश्यक खर्च गर्नबाट जोगिनुहोला । सरकारी कामकाजमा झन्जट बेहोर्नु पर्न सक्छ । प्रतिशपर्धी सँग आज बादबिबाद नगर्नु राम्रो हुन्छ । सन्तानका कुरामा आज थोरै निराश बन्नु पर्न सक्छ अरु सबै राम्रो रहेको छ मकर राशी हुने तपाईंहरुलाई ।

कुंभ : आजको दिन तपाईंको लागि मध्यम खालको रहेको छ दैनिक गरिआएका काम काज बढो सुज बुझ सँग गर्नु राम्रो हुन्छ । अनावश्यक खर्च हुने सम्भावना रहेको छ । कसैसँग अनावश्यक बादबिबाद हुने र झगडाको रुप पनि लिना सक्ने हुँदा बोलीमा नियन्त्रण गर्नु राम्रो हुनेछ । आज सारिरिक र मानसिक रुपमा थकानको महसुस हुन सक्छ ।
माया प्रेमको समय रहेको छ जीवन साथीको साथ सहयोग प्राप्त होला । नयाँ काम को योजना बनाउनु भएको छ भने आजको दिन सुरु नगर्नु राम्रो हुन्छ ।

मीन : आज गरिआएका काम काज थाती राखेर घुम घाम गर्ने वा रमाइलो गरिने छ । साथी भाई आफन्त सँग रमाइलो गर्दै आजको दिन बिताउन पाउदा निकै खुशीको अनुभब हुनेछ आज मान प्रतिष्ठा बृदि हुनेछ । शारीरिक र मानसिकरूप मा तपाईं दिनभर प्रफुल्लित रहनुहुनेछ । ब्यापार ब्यवसायमा पनि राम्रो रहेको छ आम्दानी बढ्ने सम्भावना रहेको छ । माया प्रेमको बातावरण बन्ने छ । समय तपाईंको पक्षमा रहेको छ आजको दिनमा

SHARE