गुल्मीमा आगोलागीका घटनाहरुलाई न्यूनिकरण गर्न सरोकारवालाहरुको जोड

0
272

गोकर्ण पाण्डे
चैत १,२०७८गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीको अयोजनामा विपद व्यवस्थापन कार्यक्रम मंगरबार जिल्ला प्रशासन कार्यालयको सभा हलमा सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा डढेलो लाग्नु र बाढी पहिरो आउनु भन्दा पहिले नै साबधानी अपनाउनका लागि कार्यक्रम गरिएको हो।
पौडेलले विपद आउनु भन्दा पहिले नै तयारीमा लाग्नु पर्ने बताउनुभएको छ। विपद अकस्मात आउने भएकाले स्थानीय सरकार र डिभिजन वन कार्यालयका प्रमुख लाई ध्यान दिन आग्रह गर्नुभयो।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले डिभिजन वन कार्यालय गुल्मी लाई डढेलो नियन्त्रणमा लाग्न आग्रह गर्नु भएको छ। यस भन्दा अगाडिका बर्षमा डढेलो बढि लागेको हुनाले यस बर्ष आगोलागी रोक्न पराजुलीले डिभिजन वन कार्यालय लाई आग्रह गर्नु भयो।
उहाँले वन कार्यालय आजै बाट तयारीमा लाग्न पनि भन्नु भयो। पराजुलीले जिल्ला वन कार्यालयलाई डढेलो सम्बन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभयो।

डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सपकोटले जनशक्तिको आभावमा पनि विभिन्न काम भै रहेको बताउनुभयो। उहाँले डढेलो सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्ने पनि बताउनुभयो।
जिल्लाका राजनीतिक दलका नेताहरूले रेसुङ्गा वन क्षेत्रमा चोरि निकासी बढिरहेको ले यसलाई रोक्नको लागि जिल्ला वन कार्यालय लाई ध्यानाकर्षण गराएका छन्।

कार्यक्रममा जिल्ला प्रमुख अधिकारी पुण्य बिक्रम पौडेल , सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषाल विभिन्न कार्यालयका प्रमुख स्थानीय तहका अध्यक्षहरु विभिन्न राजनीतिक दलका प्रतिसनिधिहरुको उपस्थिति रहेको थियो।

SHARE