गुल्मीमा निशुल्क आँखा शिविर

0
365

गोकर्ण पाण्डे
फागुन २८,२०७८गुल्मी : गुल्मीको सदरमुकाम तम्घासमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ।

डाक फाउण्डेनको सहयोग तथा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको आयोजनामा बिहीबार र शुक्रबार सञ्चालन भएको थियो ।

शिविर बाट चार सय जनाले आँखा उपचार गराएको आखाँ उपचार केन्द्र गुल्मीका प्रमुख सुर्यबहादुर बस्नेतले जानकारी दिए।बस्नेतका अनुसार एक सय जनाको मोतिबिन्दुको शल्यक्रिया भएको बताए। उनका अनुसार शिविर मा ३ महिना देखि ९१ बर्ष सम्मका व्यक्ति हरुले सेवा लिएको जानकारी दिए।

आँखा शिविरबाट शल्यक्रिया गराउन पाउँदा खुसी भएको सेवाग्राहीहरुले बताए। आँखा अपरेसन गरेर देख्ने बनाएको मा सेवाग्राहीहरुले डाक फाउन्डेसनलाई धन्यवाद दिएका थिए। पैसा नभएर शल्यक्रिया गरर्न नपाएर बसेका मानिसहरु खुसी भए।

आँखा उपचार गर्ने गुल्मी,बाग्लुङ र अर्घाखाँचीबाट आएको आँखा उपचार केन्द्रका प्रमुख सुर्यबहादुर बस्नेतले जानकारी दिए।

SHARE