मोटरसाइकल दुर्घटनामा ५ बर्षीय बालक सहित तीनजनाको मृत्यु

0
296

फागुन २८,२०७८चितवन : ईच्छाकामना गाउँपालिका(२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरुङ र पाँच वर्षीय आर्यन गुरुङ रहेका छन्।

ईलाका प्रहरी कार्यालय, टाँडीका प्रहरी निरीक्षक रोशन खड्काका शुक्रबार बेलुका पाँच बजे प्रदेश २–०३–००२ प ५९८६ मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खसेको थियो। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

तृप्ति र आर्यन आमा छोरा भएको खुलेको छ। रविन आफन्त हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

SHARE