
फागुन २१,२०७८काठमाडौं : काठमाडौं महानगरपालिका(१६ नयाँबजारस्थित समृद्ध फार्मेसीबाट धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं एयरपोर्ट बस्ने जुम्ला गुठीचौर गाउँपालिका(५ ठेगाना भएका २६ वर्षीय देवीप्रसाद धिताल, काठमाडौं स्वयम्भू बस्ने धादिङ धुनिबेशी नगरपालिका(३ ठेगाना भएका ३० वर्षीय शंकर रेग्मी, काठमाडौं सानोभर्याङ बस्ने डडेलधुरा महाकाली नगरपालिका(२ ठेगाना भएका २८ वर्षीय हिक्मत महता रहेका छन् ।
यस्तै काठमाडौं चक्रपथ बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका(४ झलारी ठेगाना भएका २७ वर्षीय सुवास रतोकी, काठमाडौं मित्रनगर बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका(२ झलारी ठेगाना भएका ३४ वर्षीय मिलन बोहरा, मित्रनगर बस्ने पाँचथर याङ्गक गाउँपालिका(८ च्याङ्थापु बस्ने ३२ वर्षीय लिम्बु भन्ने भवीन्द्र बेगा, मित्रनगर बस्ने दैलेख नौमुले गाउँपालिका(५ सल्लेरी ठेगाना भएका २७ वर्षीय जीवन भन्ने योगेन्द्रबहादुर चन्द र काठमाडौं सामाखुसी बस्ने प्यूठान गौमुखी गाउँपालिका(६ ठेगाना भएका २१ वर्षीय भिटेन, संगीत थापा भन्ने कमल सुनार रहेका छन्।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरी रहेको जनाएको छ ।






