हुमाकान्त पोखरेल
फागुन १४,२०७८ गुल्मीःनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट महिलाहरुको संगठन अनेमसंघ (क्रान्तिकारी) रेसुङ्गा नगरकमिटीको पुर्नगठन गरिएको छ ।
शुक्रबार सम्पन्न भएको भेलाबाट सरस्वती भुसालको अध्यक्षतामा २१ सदस्ययीय अनेमसंघ क्रान्तिकारी) रेसुङ्गा नगरकमिटीको गठन गरिएको हो ।
जसको उपाध्यक्षमा गीता बुचा, सचिवमा ममता महाकिम, सह–सचिवमा सिजन पोखरेल र कोषाध्यक्षमा माया आचार्य लगायत अन्य सदस्यहरु सर्वसम्मत निर्वाचित गरिएको संगठनकी निवर्तमान अध्यक्ष सीता विश्वकर्माले जानकारी दिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संगठनकी जिल्ला अध्यक्ष एवम् पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य बिनिता रोका मगरले पार्टी र सरकारले महिलाहरुको पक्षमा गरेको कामको चर्चा गरेकी थिइन् ।