ट्र्याक्टरले ठक्कर दिँदा एकको मृत्यु

0
630

फागन४,२०७८रुकुम :रुकुम पूर्वमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। सिस्ने गाउँपालिका–५ रानीकोटमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। ​

रानीकोटमा रा १ त १५६६ नम्बरको ट्र्याक्टरले बुधबार दिउँसो ठक्कर दिँदा सिस्ने–५ सिलाका ४५ वर्षीय प्रेम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले जानकारी दिए।

रानीकोटमा गिट्टी लोड गरेर रुकुमकोटतर्फ आउन लागेको ट्र्याक्टर अगाडिरपछाडि सार्ने क्रममा ब्रेक नलागि अनियन्त्रित भएर पल्टिँदा अगाडि उभिएको मान्छेलाई ठक्कर दिएको प्रहरी निरीक्षक बानियाँले बताए। ट्र्याक्टरले ठक्कर दिँदा सिकिस्त भएका परियारलाई उपचारका लागि रुकुम पूर्व अस्पतालमा ल्याएपछि अस्पतालले मृत घोषणा गरेको थियो।

ट्र्याक्टरचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

SHARE