आगोमा जलेर ६६ बर्षीय वृद्धको मृत्यु

0
533

फागुन २,२०७८सर्लाही : बागमती नगरपालिका–८, शंकरपुर सोल्टीमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ स्थानीय ६६ वर्षीय राम आशिष साहको आफ्नै घरको आँगनमा आगोले जलेर ज्यान गएको हो।

वृद्ध आगोमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरूले पानी हालेर आगो निभाए पनि उनलाई बचाउन भने सकेनन्। राति घरमै सुतेका वृद्ध अचानक शरिरमा कसरी आगो लाग्योरु भन्नेबारे केही खुल्न सकेको छैन्।

मृतकका दुई छोरा बरहथवा स्थित काठ चिरान मिलमै बसेको बुझिएको छ। वृद्धसँगै परिवारका अन्य सदस्यहरु घरमै सुतिरहेका थिए।

SHARE