सुशीला रेग्मी
फागुन २,२०७८ पाल्पाः नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पाल्पाको नयाँ कार्यसमिति चयन भएको छ ।
महासंघका अध्यक्ष रामजी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिट व्युरो सदस्य ठाकुर गैरे रहनुभएको हो । तानसेनमा बसेको उद्योगी व्यवसायस्हरुको भेलाले ४१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसको अध्यक्षमा रामजी पोखरेल, उपाध्यक्षमा शशि श्रेष्ठ र बामदेव बस्याल, सचिवमा सागरप्रसाद देवकोटा, उपसचिवमा प्रकाश ढुंगाना, दुर्गा बयम्बु र हरी गोदार, कोषाध्यक्षमा कृष्ण पाण्डे, सह कोषाध्यक्षमा राजेश भट्टराई चुनिनु भएको छ । यस्तै अन्य सदस्यमा रहनुभएको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष माधव नेपाल, सचिव केशव पन्थी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरे लगायतले बोल्दै नवगठित कार्य समितिलाई सफलताको शुभकामा दिनुभयो ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय केन्द्रिय सदस्य राजुप्रसाद श्रेष्ठले स्वागत गर्दै कार्यक्रमको सन्दर्भमा जाकारी दिनुभएको हो । कार्यक्रमको संचालन कृतीनाथ श्रेष्ठले गर्नुभएको थियो ।
यसैबीच नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पाल्पाले प्रत्येक पालिकामा संयोजक समेत चयन गरेको छ । जसमा रामपुर नगरपालिकामा कृतिनाथ श्रेष्ठ, निस्दी गाउँपालिका प्रदिप ज्ञावाली, पूर्वखोला गाउँपालिका जीवन थापा, रम्भामा भगवती तिमिल्सिना, माथागढीमा तेज बहादुर घर्ती मगर, बगनासकाली डेन्जीङ रायमाझी, तानसेनमा कमल ढकाल, तिनाउमा तोया लम्साल, रिब्दीकोट डिलबहादुर लाम्टाङ्ने मगर, रैनादेवी छहरामा युवराज भण्डारीलाई संयोजक तोकेको छ ।
विभिन्न पालिकामा तोकिका संयोजकले पालिकमा संगठन गठन गर्ने जनाइएको छ ।