ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु,१७ जना घाइते

0
568

फागुन १,२०७८ बर्दियाःबर्दियाको बाँसगढी नगरपालिकामा ट्र्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पुर्‍याएर फर्कने क्रममा भे २ त १३१६ नंको ट्र्याक्टर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मोतीपुरले जानकारी दिएको छ।

दुर्घटनामा घाइने ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारूको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एकजनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मोतीपुरले जानकारी दिएको छ

SHARE