
माघ २७,२०७८गुल्मीः गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० ले स्थानीयलाई पानी संकलनको लागि स्थानीयहरुलाई अनुुदानमा टंकी वितरण गरेको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १० को आर्थिक वर्ष ०७८÷०७९ को स्वीकृत वार्षिक निती कार्यक्रम तथा बजेट अनुसार वडामा रहेका विपन्न २५५ घरपरिवारलाई टंकी वितरण गरेको हो । कृषि तथा पशुपालन अन्र्तगत महिला लक्षित ,दलित लक्षित कार्यक्रम अनुसार पानी टंकी वितरण गरिएको हो । जसमा ७ लाख ५० हजार रकमबाट स्थानीयलाई टंकी वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले टंकीको सही सदुपयोग गर्न आग्रह गर्नुभएको थियो । टंकी पाएपछि सही तरिकाले उपयोग गर्न आग्रह गर्दै आयआर्जनमा पनि वृद्धी गर्न नगरप्रमुख भुसालले आग्रह गर्नुभएको थियो ।रेसुङ्गा नगरपालिका वडा नम्बर १० मा निर्वाचन भएर आए पछि सोचे भन्दा बढी विकास भएको बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले टंकीको सही तरिकाले सदुपोग गरेर आयआर्जनमा वृद्धि गर्न आग्रह गर्नुभएको थियो । चुनावमा बोलेका प्रतिवद्धता पुरा भएको उपप्रमुख भण्डारी दावी गर्नुभयो । रेसुङ्गा नगरपालिका वडा नम्बर १० मा जनताले चाहे अनुसारको विकास गर्न सफल भएको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष रेसुङ्गा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पदम प्रसाद अर्यालले टंकी पाउनु मात्र ठूलो कुरा नभई यसको सही तरिकाले उपयोग गर्न आग्रह गर्नुभयो । नियमित आइरहेको पानी कहिलेकाही बिक्रिए पछि बन्द हुने हुदाँ नागरिकहरुलाई सहजहोस भनी टंकी वितरण गरिएको वडाध्यक्ष अर्यालले बताउनुभयो । वडा नम्बर १० मा आफनो नेतृत्वमा निर्वाचित भएर आएपछि विकासले फड्को मारेको उल्लेख गर्नुभयो ।
टंकी पाएपछि स्थानीयहरुले कृषि कर्म गर्न, सरसफाई गर्न, स्वच्छ पानी पिउन सहयोग हुने भन्दै खुशी भएका छन् ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा अधिकृत विष्णुप्रसाद ज्ञवालीले पानी टंकी पाए पछि आयआर्जनमा पनि वृद्धि गर्न आग्रह गर्नुभएको थियो ।
वडाध्यक्ष पदम प्रसाद अर्यालको अध्यक्षता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको थियो । वडा सदस्य मिनुराम पाण्डेको स्वागत मन्त्वय रहेको कार्यक्रमको संचालन वडा सचिब रेखा अर्यालले गर्नुभएको थियो ।







