धुर्कोटमा आगलागीबाट ३२ लाखको क्षति

0
240

हुमाकान्त पोखरेल
माघ १३,२०७८ गुल्मीः गुल्मीको धुर्कोट गाउँपालिका (४ बर्बोटमा आगलागी भएको छ । रातको समयमा बिन्दु बस्नेतको फेन्सि पसल र गोमा भण्डारीको चिया(नास्ता बनाउने पसलमा आगलागी भएको हो ।

आगोलागीबाट कुनै मानविय क्षति नभएपनि पसलभित्र रहेका सम्पूर्ण फेन्सि एवम् चिया(नास्ता बनाउने सामग्री जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए ।

आगलागीबाट कुल ३२ लाखको क्षति भएको धुर्कोट प्रहरी चौकी, वस्तुका प्रमुख लोकमान ताम्राकारले बताए । वस्तु प्रहरी चौकी एवम् स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगो कसले र किन एवम् कसरी लाग्यो भन्ने अझै खुलेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको सुचना अधिकारी खरेलले बताए ।

SHARE