मालिकामा अपाङ्गता परिचयपत्र वितरण गर्ने अभियान सुरु

0
382

डिबी खडका
माघ१२,२०७८ गुल्मीःगुल्मीको मालिका गाउँपालिकाले मंगलबार देखी अपाङ्गता परिचय पत्र वितरण सुरु गरेको छ ।

मंगलबार गाउँपालिकाको वडा नम्बर दुई दर्लिङ बाट परिचयपत्र वितरण सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए । वडा नम्बर एक नेटा,वडा नम्बर दुई दर्लिङ र वडा नम्बर तीन ह्वाङ्दीलाई लक्षित गरी नेटा दर्लिङमा परिचयपत्र वितरण गरिएको हो ।

क वर्गका पाँच , ख वर्गका नौ र ग वर्गका एक गरी १५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कर्मचारी चन्द्र श्रीसले जानकारी दिए ।

अपांगता भएका व्याक्तीहरुलाई उनिहरुको वर्ग अनुसार राज्यले सेवा सुविधा प्रदान गर्ने र उनिहरुको सहजताका लागी टोल( टोलमा पुगेर परिचय पत्र वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए ।
त्यस्तै बुधबार गाउँपालिकाको केन्द्र अर्खबाङ र बिहीवार वडा नम्बर सात घमिरमा अपाङ्गता परिचयपत्र वितरण गरिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

SHARE