
माघ ६,२०७८काठमाडौं :लोक सेवा आयोगको सबैखाले लिखित परीक्षा स्थगित भएको छ। कोरोना संक्रमण बढेपछि आयोगले अहिले लिइरहेको सबै प्रकारको लिखित परीक्षाहरू माघ मसान्तसम्म स्थगित गर्ने निर्णय भएको आयोगले जनाएको छ।
‘आयोगको आज बसेको बैठकले माघ मसान्तसम्म अहिले भइरहेको र बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ,सूचना वेबसाइटमा अपलोड हुँदै छ,’आयोगका एक कर्मचारीले भने।
त्यस्तै,कोरोना संक्रमणदर तीव्र रूपमा बढेपछि त्रिभुवन विश्वविद्यालयले पनि सबै परीक्षा आज स्थगित गरेको छ।







