
सन्तोष महतारा
गुल्मी, ०५ माघ / गुल्मीकाे इस्मा गाउँपालिकामा नेपाली काङ्ग्रेसले टाेल समिति गठन गरेको छ । गाउँपालिकाकाे वडा नम्बर ४ साविककाे वडा नम्बर २ कल्यारमा टाेल समिति गठन गरिएको हो ।
कल्यारमा नारायण खड्काकाे नेतृत्वमा ४१ सदस्यीय टाेल समिति गठन गरिएको नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रम गाउँपालिकाका सभापति कृष्ण रिजाल प्रसाद रिजालले कम्युनिस्टबाट बितृष्णा पैदा भई काङ्ग्रेसमा जनताको आकर्षण बढेको बताएका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका वडा नम्बर १ का सभापति चुरा बहादुर खत्रीले अहिलेकाे परिवेशमा जनताले विश्वास गरेर कम्युनिस्टलाई दुई तिहाइ मत दिएर सरकारमा पुराएपनि कम्युनिस्टले बीचमै जनतालाई अलपत्र परेकोले गाउँगाउँमा काङ्ग्रेसप्रति आकर्षण बढेको बताए ।

नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाका सचिव इश्वरी प्रसाद घिमिरेले संचालन गरेको उक्त टाेल समिति कार्यक्रममा वडा नम्वर ४ वडा उपसभापति महेन्द्र थापाले स्वागत मनतब्य राखेका थिए । साेही वडाका सभापति मन बहादुर दर्लामीकाे सभापतित्वमा कार्यक्रम गरिएको थियो ।








