
पुस ३०,२०७८ गुल्मीःभेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले कार्यालयबाट संचालन हुने वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यालयले यस आर्थिक वर्षमा ८ करोड ९२ लाख ९१ हजार बराबरको कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमहरुको शुक्रबार कार्यालययले एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो ।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले यस आर्थिक वर्षमा कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षाका लागि १ करोड ४ हजार, स्मार्ट गाउँ कार्यक्रमका लागि १ करोड ७६ हजार खर्च गरिने भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख भरत काफ्लेले जानकारी दिए । मत्स्य विकास तथा प्रवर्धन कार्यक्रमका लागि ३० लाख, अभियानमुखि कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि २९ लाख, कृषि तथा पशुपन्छी श्रोत तथा प्रबिधि सेवा टेवा विस्तार कार्यक्रममा १ करोड ९६लाख रकम रहेको छ।

त्यस्तै पशुपन्छी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रममा ८२ लाख, पशु सेवा ११ लाख, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मा ५१ लाख खर्च गरिने डा। काफ्लेले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली , प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल , स्थानीय तहका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।








