इस्मा गाउँपालिकाको अम्मरपुरमा मृतक कुँवरप्रति नेपाली काङ्ग्रेसको शोक सभा सम्पन्न

0
330

पुस २२,२०७८ गुल्मीः नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका वडा नम्बर ६ वडा कार्यसमितिको आयोजनामा शोक सभा कार्यक्रम गरिएको छ ।

नेपाली काङ्ग्रेस गुल्मीकी जिल्ला सदस्य तथा नेपाली काङ्ग्रेस उत्तर भारत अध्यक्ष सुनिता जिसीकी सासुआमा इस्मा गाउँपालिका ६ अम्मरपुर निवासी ८१ वर्षीया उजेला कुँवरको निधनप्रति नेपाली काङ्ग्रेस अम्मपुर वडा कार्यसमितिले शोक सभा कार्यक्रम गरेको हो ।

शोक सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले मृतक उजेला कुँवरसहित उनको सिङ्गो परिवारले प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै मृतक कुँवरप्रति नेपाली काङ्ग्रेस कृतज्ञ रहेको बताएका थिए ।

प्रजातन्त्र स्थापनामा मृतक कुँवर सँगै उनको परिवारले नेपाली काङ्ग्रेसलाई महत्वपूर्ण योगदान गरेको छ । प्रमुख अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठले भने, कुँवरको परिवारको प्रशंसा जति गरेपनि कम हुन्छ ।

कार्यक्रममा बिशेष अतिथि नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले मृतक कुँवरको सिङ्गो परिवार समाजसेवामा निकै अग्रसर रहेको बताएका थिए । समाजसेवामा कुँवरको परिवार पारिवारिक स्वार्थ भन्दा माथि उठेर लागेको छ ।
नेपाली काङ्ग्रेस जिल्ला सभापति पन्थीले भने, मृतक कुँवरको सपना पूरा गर्नको लागि छोरा बुहारी राजनिती मार्फत अग्रसर हुनुले नेपाली काङ्ग्रेस गुल्मी तपाईंहरु माझ कृतज्ञ छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य बिष्णु कुमारी सापकोटाले पनि कुँवरको परिवारको प्रशंसा गरेकी थिइन् । शोक सभा कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका उपसभापति अनन्तराम पौडेल र शिव बहादुर केसी, सचिव भगतसिंह खड्का र जगदीश भट्टराई, सह(सचिव छवि पाण्डे र धर्मराज पाण्डेलगायत जिल्ला सदस्यहरुको उपस्थित रहेको थियो ।

त्यस्तै जिल्ला सदस्यहरूसहित नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति चन्द्र बहादुर महत्, क्षेत्र नम्बर २ को प्रदेश सभा ुकु का सभापति झबिन्द्र अर्याल, इस्मा गाउँपालिका सभापति कृष्ण रिजाल लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका वडा नम्बर ६ का वडा सभापति ढाल बहादुर कुँवरको सभापतित्वमा संचालित कार्यक्रमको संचालन नेपाल तरुण दल गुल्मीको क्षेत्र नम्बर २ का उपसभापति अर्जुन भण्डारीले गरेका थिए ।

SHARE