बाबु आमाको संझनामा धुर माबिमा अक्षयकोष स्थापना

0
24

पुस १९,२०७८ गुल्मीः गुल्मीको धुर माध्यमिक विद्यालय धुर्कोट ६ रजस्थलमा बुबा र आमाको नाममा छोराहरुद्धारा अक्षयकोषको स्थापना गरिएको छ ।

धुर माध्यमिक बिधालयको ५९ औ वार्षिकोत्सबको अवसरमा बिधालयका सस्थापक सदस्य बुबा दधिराम भण्डारी र स्वर्गीय आमा मुमकला भण्डारीको सम्झनामा छोराहरु कुल प्रसाद भण्डारी, कुष्ण प्रसाद भण्डारी, कलम प्रसाद भण्डारी र छोरी राधीका भण्डारीले एक लाख तीन हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।

शिक्षाको गुणस्तर उकास्नको लागी टेवा पुगोस् भन्ने उदेश्यले अक्ष्यकोष स्थापना गरिएको अक्षयकोष दाता कुल प्रसाद भण्डारीले बताउनुभयो । साथै अक्षयकोष स्थापना गर्ने अक्षयकोष दाताले धुर्कोट गाउँपालिकामै पहिलो पटक शिक्षकलाई पुरस्कृत गर्ने नयाँ कार्यक्रमको समेत सुरुवात गर्नुभएको बिद्यालयका प्रधानाध्यापक दिपक भण्डारीले बताउनुभयो ।

धुर्कोट गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा अनिवार्य ५ ओटा विषय अङ्ग्रेजी ,गणित ,बिज्ञान ,नेपाली र सामाजिक बिषय मा उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्ने १र१ जना शिक्षकलाई नगदसहित सम्मान गरिने अक्षयकोष दाता कुल प्रसाद भण्डारीले बताउनु भएको छ । साथै धुर माध्यमिक बिधालयमा बार्षिक रुपमा सबैभन्दा धेरै नियमित हाजिर हुने १ जना शिक्षकलाई नगदसहित पुरस्कार गरिने भएको छ । अपांग, अभिभावक बिहिन १ जना बिद्यार्थिलाई बार्षिक २५००र पुरस्कार दिइने गरि अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति सदस्य भेषराज घिमिरेका अध्यक्षता रहेको कार्यक्रममा सँघिय सरकारका माननिय शहरि विकास मन्त्री रामकुमारी झाँक्रिको प्रमुख आथित्यता, धुर्कोट गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रि, जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरी, नेकपा एकिकृत समाजवादि पार्टिका प्रदेश सदस्य हिमाल थापा, श्रीराम महत्त, नेकपा एकिकृत समाजवादि जिल्ला अध्यक्ष नरेश भण्डारी, धुर्कोट गाउँपालिका कार्यकारी प्रमुख कासिराम पन्थि, पुर्कोट प्रहरी चौकि इन्चार्ज गोपाल रायमाझि, लगायतको विशेष आथित्यता रहेको थियो ।
शिक्षक लक्ष्मीप्रसाद खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक दुर्गाप्रसाद भण्डारीले गर्नुभएको थियो ।

SHARE