चन्द्रकोट गाउँपालिकाको नारा ,पुरा हुँदै एक घर एक धारा

0
378

तिलाचन पाण्डे
पुस १४,२०७८ गुल्मीः चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले पालिका भित्रका नागरिकहरुको घर घरमा स्वच्छ खानेपानीको ब्यबस्था गर्नु आफूहरुको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ६ हरेवामा एक घर एक धारा अन्र्तगत खादिकोट खानेपानी योजनाको उद्घाटन गर्दै उनले पालिका भित्रका नागरिकका घर घरमा स्वच्छ खानेपानीको ब्यबस्था गर्न आफूहरु लागेको बताए ।

प्रत्येक घरमा स्वच्छ खानेपानीको ब्यबस्था भएमा मात्रै नागरिकहरु स्वस्थ हुने र पालिका भित्रका नागरिकहरुको दैनिकीमा समेत परिवर्तन आउने उनको दाबी छ ।

आफूहरुले स्थानीय तहको निर्वाचनमा गरेका प्रतिबद्धताहरु करिब पुरा हुँदै गएको भन्दै बाँकी रहेका कामहरुलाई पनि पुरा गरेरै छाड्ने उनले दाबी गरे ।
पालिका भित्रका करिब ८० प्रतिशत नागरिकहरुको घरमा स्वच्छ खानेपानी पुगेको भन्दै बाँकी २० प्रतिशत नागरिकहरुको घरमा पनि एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने चरणमा रहेको खत्रकिो भनाई छ ।

लुम्बिनी प्रदेश र गाउँपालिकाको समपुरक योजना अन्र्तगत ५० लाखको योजनामा खादीकोटका ७२ घर धुरीमा एक घर एक धारा पुगेको हो ।
यता पहिले गाग्री बोकेर धारामा लाइनमा बसेर पानी ल्याउनुपर्ने अबस्थाको अन्त्य भएको हरेवाका वडा अध्यक्ष गोकर्णराज शर्माले बताए । जसको काराणले गर्दा अहिले यहाँका वडा बासीहरुको दैनिकीमा समेत परिवर्तन आउने उनको दाबी छ ।

बिहानै उठेर अन्य काम भन्दा पनि पानीको जोहो गर्नुपर्ने अबस्थाको अन्त्य भएको र यहाँका महिलाहरुको समयको बचत संगै अब करेसाबारी तर्फ पनि आर्कषित हुन थालेको शर्माले बताए ।

SHARE