पुस १३, २०७८
गुल्मी : शहरी विकास मन्त्री रामकुमारी झाक्रीको पहलमा रेसुङ्गा विमानस्थलमा १० करोड वजेट व्यवस्था भएको छ । निमार्णको अन्तिम चरणमा रहेको रेसुङ्गा विमानस्थलमा वजेटको अभावले निर्माण कार्य अवरुद्ध नहोस भन्दै शहरी विकास मन्त्री झाक्रीले विमानस्थलका लागि १० करोड वजेटको व्यवस्था मिलाएकी हुन । केही दिन अगाडि सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाक्रीविच भएको भेटघाटमा मन्त्री आलेले गुल्मीको रेसुङ्गा विमानस्थलका लागि १० करोड वजेट व्यवस्था मिलाईदिने प्रतिवद्वता जनाएका थिए । शहरी विकास मन्त्री रामकुमारी झाक्रीको स्वकीय सचिवालयका अनुसार अघिल्लो साता माननीय शहरी विकास मन्त्री ज्यु र सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम आले ज्युसगँ भेटघाट र छलफलवाट रेसुङ्गा विमानस्थलका लागि वजेटको व्यवस्था मिलाउने कुरा भएअनुसार आईतवार १० करोड वजेट छुट्टिएको हो । निर्माणधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थलको शहरी विकास मन्त्रीले पुस १६ गते अनुगमन समेत गर्ने कार्यक्रम रहेको छ ।