गुल्मीमा २७ हजार ८३४ बिद्यार्थीलाई कोरोना बिरुद्धको मोडना खोप , ९२ प्रतिशत उपलब्धी

0
393

पुस १३,२०७८ गुल्मीः गुल्मीमा २७ हजार ८३४ बिद्यार्थीले कोरोना बिरुद्धको मोडना खोप लगाएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

१२ बर्ष देखी १७ बर्ष उमेर समुहका २७ हजार ८३४ बिद्यार्थीहरुलाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए ।
कूल ३० हजार डोज खोप जिल्लामा उपलब्ध भएकोमा २७ हजार ८३४ डोज खोप प्रदान गरिएको अचार्यले बताए ।

जिल्लाका ९३ वटै वडाका स्वास्थ्य संस्था र स्वास्थ्य संस्था देखी दुरीको हिसावले टाढा भएका बिद्यालयहरुमै गई खोप प्रदान गरिएको उनको भनाई छ ।
कतिपय बिद्यालयमा बिद्यार्थीहरु अनुपस्थित भएको र खोप लिनबाट छुटेका बिद्यार्थीहरुलाई पनि समाबेश गर्ने गरी स्वास्थ्य कार्यालय लागेको उनले बताए ।

१२ बर्ष देखी १७ बर्ष उमेर समुहका बिद्यार्थीहरुलाई प्रदान गरिएको खोपको आधारमा ९२ प्रतिशत उपलब्धी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पुस ५ गतेदेखी ९ गतेसम्म चलेको अभियानमा स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरुले इमान्दारीताका साथ काममा लागि परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै गुल्मीमा जनसङख्याको हिसाबमा १८ बर्ष भन्दा माथिका ८० प्रतिशत नागरिकहरुले खोप पाएका छन् भने ४२ प्रतिशत नागरिकहरुले दोस्रो मात्राको खोप पाएको आचार्यले जानकारी दिए ।
गुल्मीमा सक्रिय संक्रमितको संख्या ८ जना रहेका छन् भने संक्रमणका कारण ९७ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

SHARE