पुस १२, २०७८
दाङ : तुलसीपुर उपमहानगरपालिका(११ नवलपुरकी पवित्रा कुमाइँ इलाका प्रशासन कार्यालय तुलसीपुरमा मतदाता नामावलीमा नाम दर्ता गर्न बिहान ८ बजे पुगिन्। उनी कार्यालयमा पुग्नुअघि नै अन्य मानिसहरू पुगिसकेका थिए। पवित्रा पनि मतदाता नामावलीको लागि हातमा फर्म र नागरिकताको फोटोकपी समातेर लाइनमा बसिन्।
बिहान ८ बजेदेखि लाइनमा बसेकी पवित्राको दिउँसो ३ बजेसम्म पनि पालो आएन। साना छोराछोरी घरमा छाडेर नाम दर्ता गर्न आएको भन्दै उनले आफ्नो पालो कति बेला आउँछ थाहा नभएको बताइन्।
‘यहाँ हामी जस्ता सोझाका काम रहेन छ। जसले चिनेको छ‚ जुन नेताले आफ्नो मान्छे ल्याएर आएको छ‚ उसको छिट्टो काम भएको छ‚’ उनले भनिन्, ‘हामी जस्ता सोझा लाइनमा बसेका छौँ। यसरी हामीलाई दुःख दिन राम्रो काम भएन।’
उनले मतदाता नामावली संकलनका लागि वडाबाट र त्यो नभए प्रत्येक वडालाई एक एक दिन बोलाएर संकलन गरेको भए सहज हुने बताइन्।
तुलसीपुर(१९ का सेवक मल्ल छिट्टो पालो आउँला भनेर एका बिहानै जाडोमा इलाका प्रशासन कार्यालय तुलसीपुर आइपुगे। तर, उनको पालो पनि दिउँसो ३ बजेसम्म आएको थिएन।
मभन्दा अगाडि बिहान ७ बजे आएका पनि हुनुहुन्छ। उहाँहरूको पालो अहिलेसम्म आएको छैन‚’ उनले भने‚ ‘हामी लाइनमा बसेका लाइन मै छौँ। तर, यहाँ चिनेजानेलाई भित्रबाट नाम बोलाई अगाडि लगिन्छ। यहाँ जसको पहुँच छ। उसैले पालो पाएको छ। हामी साधारण मान्छे लाइन बसेको बस्यै भएको छ।’
त्यस्तै‚ उनले मतदाता नामावली संकलन व्यवस्थित नभएको गुनासो गरे। गाउँमा नेताहरूले फर्म लगेर भरिदिएको भएयता पनि यहाँ फोटो खिच्नको लागि धेरै समस्या रहेको उनको भनाइ थियो।
तुलसीपुर(२ पोटलिका रोशन चौधरी पनि बिहान साढे १० बजे नामावली दर्ताका लागि लाइनमा बसेका थिए। तर, उनको पनि पालो आएको थिए।
नामावली दर्ताका लागि हामीले यति धेरै दुख पाएका छौँ। अरु काम गर्न लाग्दा त कति दुःख पाइन्छ होला१ यसरी नागरिकहरूलाई दुख दिने काम राम्रो होइन‚’ उनले भने, ‘यदि हाम्रो भोट भनेको नेताहरूलाई नै हो। यसरी दुःख दिनुभन्दा पनि हामीलाई हाम्रो वडाबाट नै लिने व्यवस्था गरेको भए ठिक हुन्थ्यो।’
इलाका प्रशासन कार्यालयमा मतदाताका लागि फोटो खिच्ने काम दुई ठाउँबाट भइरहेको छ। दैनिक करिब २र३ सय जना मतदाता नामावली दर्ताका लागि आउँदा भिडभाड हुने गरेको नामावली संकलनमा कार्यरत कर्मचारी किरण गौतमले बताए। उनले आफूहरूले चिनेजाने र पहुँचको भरमा नभइ पालोसँग नै सेवा दिँदै आएको समेत बताए।
त्यस्तै‚ उनले अन्य समयमा इलाका प्रशासनबाट नामावली दर्ताको काम नियमित रुपमा भइरहने भएयता पनि अहिले मतदाता संकलन अभियान चलेको र यही १७ गतेसम्म हुँदा भिडभाड भएको समेत बताए। गाउँबाट पार्टीका नेताहरूले गाडी रिर्जब गरेर पठाउँदा भिडभाड हुने गरेको उनको भनाइ छ।
आफूहरूले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म पनि नागरिकहरूलाई सेवा दिँदै आएको र कुनै पनि नागरिकहरूलाई दर्ता नगराए नपठाएको दाबी गरे। थाहाबाट