कालीगण्डकी वारिपारी एकीकृत विकास गर्ने योजना : सांसद लामिछाने

0
437

सुशीला रेग्मी
रामपुर (पाल्पा) : १२ पुस
गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले कालीगण्डकी वारिपारीको क्षेत्र समेटेर एकिकृत विकास गर्ने योजना रहेको बताउनुभएको छ । शालिग्राम पाइने पवित्र धार्मिक तथा पर्यटकिय नदी कालीगण्डकीको वारिपारीका उर्वर विकाशशील क्षेत्रलाई समेटेर काम गरियो भने विकासले फड्को मार्ने प्रदेश सभा सदस्य लामिछानेले बताउनुभयो ।
नवप्रतीभा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २४ औ वार्षिक साधारण सभाको अवसरमा नवलपुरको बौदिकाली गाउपालिकामा भएको कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रदेश सभा सदस्य लामिछानेले कालिगण्डकी सेरोफेरोलाई समेटेर क्याम्पस संचालन गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
नवप्रतीभा नाम अनुसारकै नमुना रहेको बताउनुहुदै यसले गरेका हरेक काम नमुनायोग्य रहेको बताउनुहुदै गण्डकी प्रदेश सरकारले एक व्यक्ति एक सहकारी ऐन बनाएको र आफु प्रदेशको सहकारी बिधान ऐन समिति सभापति भएर काम गरेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो “आफ्नो गाउँ ठाउ बनाउन जसले जहाँबाट सकिन्छ त्यही सहयोग गरेर काम गर्याे भने गाउमा विकास हुनेछ, आफुले गाउको विकास र नागरिकको सेवामा सधै लागि परेर काम गर्नेछु” ।

गण्डकी प्रदेश सरकारले खानेपानी क्षेत्रमा प्राथमिकता दिएको र अहिले बिद्युत्तिकरणको काम अघि बढेको हुदा अबको छ महिनाभित्र सबैका घर घरमा बिद्युत सुबिधा पुर्याउने लक्ष्यका साथ प्रदेश सरकार लागेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नवलपुर उद्योग संघ केबि रानाले सरकारी तवरबाट गर्नुपर्ने कार्यक्रम यस संस्थाले गरेको देख्दा अत्यन्तै खुशी लागेको बताउनुभयो । सहकारीको माध्यमबाट नै नागरिकको जीवनस्तर उकासिने हुदा अहिले जसरी आफ्ना कार्यक्रम गरिरहेको छ त्यसरी नै निरन्तर रुपमा अगाडी बढ्न रानाले सुझाव दिनुभयो ।
बौदिकाली गाउपालिका वडा नं २ का वडा अध्यक्ष बालप्रसाद ठाडा, शिक्षासेवी श्यामसुन्दर श्रेष्ठ, समाजसेवी होमनाथ भट्टराई लगायतले बोल्नुहुदै कार्यक्रम सफलताको कामना गर्नुभएको छ ।
कार्यक्रमका अवसरमा उत्कृष्ट सेयर सदस्य, वचतकर्ता, उत्कृष्ट केन्द्रलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ठ अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको छ । संस्थाले विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
संस्थाका अध्यक्ष चन्द्रमणी खरेलले अध्यक्षको वार्षिक प्रतीवेदन पेश गर्नुभएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी निर्देशक रामप्रसाद काफ्लेले स्वागत गर्दै संस्था स्थापना देखि हालसम्मका गतिविधि जानकारी गराउनुभएको छ । कार्यकारी निर्देशक काफ्लेले ग्रामिण अर्थतन्त्र कसरी बढाउने भन्ने मनसायले कार्यक्रम अगाडी बढाएको बताउनुहुँदै वार्षिक प्रतीवेदन पढेर सुनाउनुभएको छ ।
बरिष्ठ प्रबन्धक बिमला पाठकले संचालन गर्नुभएको कार्यक्रममा रमाइलो साँस्कृतिक कार्यक्रम देखाईएको छ । कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रमणि खरेलको अध्यक्षतामा भएको सकिएको हो ।
संस्थाले सेयर सदस्यलाई सहज बनाउन चरणबद्ध रुपमा पायक पर्ने स्थानमा साधारण सभा कार्यक्रम आयोजना गरेको छ । एकल महिला, युवा, कृषकका निम्ती सहकारीले प्राथमिकता दिएको छ । यस संस्थामा हाल चालिस हजार भन्दा बढी सेयर सदस्य आबद्ध छन् । नवलपरासी बर्दघाट सुस्तापूर्व मध्यबिन्दु नगरपालिका आरुङ्गखोलामा केन्द्रिय कार्यालय रहेको संस्थाले हाल लुम्बिनी प्रदेशको पाल्पा, रुपन्देही, नवलपरासी, गण्डकी प्रदेशको नवलपुर, बागमती प्रदेशको चितवन भरपुर सम्म कार्यक्षेत्र बिस्तार गरी सेवा दिएको छ ।
गाउँका २७ जना युवाहरु मिलेर रु चार सय उठाएर स्थापना गरिएको सहकारीले २४ औँ वार्षिक साधारण सभा सम्म आइपुग्दा धेरै प्रगति गर्न सफल भएको छ । संस्थाले ३२ वटा सेवाकेन्द्रमार्फत नागरिकलाई सेवा दिदै आइरहेको छ ।

SHARE