गुल्मीमा तिनवटा कर्मचारी संगठन एउटै मञ्चबाट जिल्ला अधिबेशन सम्पन्न

0
253

पुस ११, २०७८
अनिल खत्री,
गुल्मी : गुल्मीमा तिनवटा कर्मचारी संगठनको एउटै मञ्चमा जिल्ला अधिबेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तम्घास नेपाल निजामती कर्मचारी संगठन, नेपाल स्वास्थ्य प्राबिधिक संघ पान, राष्ट्रीय स्वास्थ्यकर्मी संघको जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
नेपाल निजामती कर्मचारी संगठन गुल्मीको अध्यक्षमा भिमलाल खनाल चयन भएका छन् । शनिवार गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न नेपाल निजामति कर्मचारी संगठन गुल्मीको ११ औँ जिल्ला अधिबेशनले खनालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
त्यस्तै नेपाल स्वास्थ्य प्राबिधिक संघ पान को जिल्ला अध्यक्षमा राम प्रसाद श्रेष्ठचयन भएका छन् । १० औं जिल्ला अधिबेशनले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
त्यस्तै राष्ट्रीय स्वास्थ्यकर्मी संघमा प्रेमलाल खनाल चयन भएका छन् । दोस्रो जिल्ला अधिबेशनले खनालको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिती गठन गरेको छ ।
तीन वटा संगठनको एउटै मञ्चमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष दधिराम मरासिनीको प्रमुख आथित्यता रहेको थियो ।
अधिबेशनमा नेपाल निजामति कर्मचारी संगठन कार्यालय गुल्मीका अध्यक्ष वोम अर्यालले संगठनले गरेका काम र चुनौती तथा भावी योजना बारे जानकारी गराउदैँ अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कर्मचारीको हकहितको बारेमा संगठनले निरन्तर काम गरिरहेको अर्यालले बताए ।
साथै कर्मचारी र नागरिक बिच अझै राम्रो सम्बन्ध हुन नसकेको हुँदा यसलाई अहिले राम्रो बनाएर लैजानु पर्ने नेपाल निजामति कर्मचारी संगठन गुल्मीका अध्यक्ष अर्यालको भनाई थियो । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल गुल्मीका अध्यक्ष पुण्यप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको आमूल परिर्वतन आजको आवश्यक रहेको भन्दै अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

SHARE