नेपाल निजामजि कर्मचारी संगठन गुल्मीको ११ औँ जिल्ला अधिवेशन सम्पन्न

0
266

पौष १०, २०७८
सूर्य सुनार
गुल्मी : नेपाल निजामजि कर्मचारी संगठन जिल्ला कार्य समिति गुुल्मीको ११ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार जिल्लाको रेसुङ्गा नगरपालिका बालमन्दिरमा ११ औँ जिल्ला अधिवेशन भएको हो । नेपाल निजामति कर्मचारी संगठन गुल्मीका अध्यक्ष वोम अर्यालको अध्यक्षता रहेको कार्यक्रमको नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष दधिराम मरासिनीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।

नेपाल निजामति कर्मचारी संगठन कार्यालय गुल्मीका अध्यक्ष वोम अर्यालले संगठनले गरेका काम र चुनौती तथा भावी योजना बारे जानकारी गराउदैँ अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कर्मचारीको हकहितको बारेमा संगठनले निरन्तर काम गरिरहेको अर्यालले बताउनुभयो । साथै कर्मचारी र नागरिक बिच अझै राम्रो सम्बन्ध हुन नसकेको हुदाँ यसलाई अहिले राम्रो बनाएर लैजानु पर्ने नेपाल निजामति कर्मचारी संगठन कार्यालय गुल्मीका अध्यक्ष अर्यालको भनाई थियो ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल गुल्मीको दोस्रो अधिवेशन पनि एकै चोटी बालमन्दिरमा भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल गुल्मीका अध्यक्ष पुण्यप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको आमूल परिर्वतन आजको आवश्यक रहेको भन्दै अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष दधिराम मरासिनी, जिल्ला प्रशासन कार्यालय गुल्मीकी प्रमुख प्रशासकिय अधिकृत ज्ञानुकुमारी भुसाल, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका कार्यालय प्रमुख लक्ष्मण घिमिरे, स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति अचार्य, लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन नेपाल निजामति कर्मचारी संगठन जिल्ला सचिब लालमणी भण्डारीले गर्नुभएको थियो ।
नेपाल निजामति कर्मचारी संगठन गुल्मीको अध्यक्षतामा २१ सदस्य सहित भिमलाल खनाल निर्वाचित हुनुभएको छ । त्यस्तै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल गुल्मीको अध्यक्षतामा १९ सदस्य सहित रामप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

SHARE