चिसो बढेसंगै गुल्मीमा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण

0
265

पौष ०९, २०७८
अनिल खत्री, गुल्मी : गुल्मी जिल्लामा राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लवद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । शुक्रवार जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी स्थित नमूना निम्न माध्यमिक बिद्यालयमा पढने बिद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरिएको हो ।
बिद्यालयमा पढने ४९ जना असाय अशक्त बिद्यार्थीहरुलाई न्यानो कपडा खाजा गरिएको थियो । न्यानो कपडा बितरणका लागि राखिएको कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष टिकाबहादुर रेश्मीले, शिक्षा शाखा प्रमुख लालबहादुर कुँवर, राधा माधव समितिका पदाधिकारीहरुले बिद्यार्थीहरुलाई न्याने कपडा वितरण गरेका हुन् ।
कपडा वितरण गर्दै वडाअध्यक्ष रेश्मीले स–साना बिद्यार्थीहरुको लागि चिसो बढि रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिए । उनले बिद्यार्थीहरुको लागि गरिएको सामाजिक कार्यले समाजमा निजि क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताए ।
इस्मा गाउँपालिका शिक्षा शाखा प्रमुख लालबहादुर कुँवरले बिद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल र चिसोमा सहजता पूर्वक बिद्यालयमा पढन आउन जान मद्दत पुग्ने बताए । बिद्यालयमा गरिब, दलित, जनजाति बिद्यार्थीले मात्रै अध्यन गर्दै आएका छन् ।

आर्थिक अबस्था कम्जोर भएकै कारण बिद्यालयमा आउदा एकसरो कपडा समेत लगाउन उनिहरुलाई समस्या पर्दै आएको बिद्यालयमा प्रधानाध्यापक यादवप्रसाद पाण्डेले बताए । सदरमुकाम नजिकै रहेपनि बिद्यलय बत्तिमुनीको अध्यारो जस्तै भएको पाण्डेले बताए। बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर सहयोग गरेकोमा सहयोगी संस्थालाई धन्यवाद दिए । बिद्यालयलाई यस्तै सहयोग आबश्यक रहेको उल्लेख गरे । चिसो बढदै गएसँगै असाय अशक्त बिद्यार्थीहरु यस बिद्यालयमा रहेको भन्ने थाहा भएपछि न्यानो कपडा वितरण गरेको डिभाइन युथ क्लवका अध्यक्ष गिता घर्तिले बताइन ।
डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफुले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उदेश्यले बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष घर्तिको भनाई छ । चिसो पढेसँगै असाय अशक्त बिद्यार्थीकोहरुलाई सहयोग गरेर बिद्यार्थीको पढाईमा सहजता ल्याउन न्यानो कपडा वितरण गर्दै आएको राधामाधव समिति गुल्मीका सचिव ताराप्रसाद भुसालले बताए ।
डिभाइन युथ क्लवले जिल्लामा बिभिन्न समयमा सामाजिक कार्य अन्र्तगत बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री वितरण गर्दै आएका छन् । क्वलद्धारा बिभिन्न समयमा जिल्लाका मठमन्दिरसँगै अर्खले, सिमीचौर, दुबीचौर, दरबारदेबिस्थामा रहेको बिद्यालयमा पुगेर असाय अशक्त बिद्यार्थीलाई न्यानो कपडासँगै शैक्षिक सामाग्री वितरण गर्दै आएका छन् ।
न्यानो कपडा वितरण कार्यक्रममा राधा माधव समिति र डिभाइन युथ क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो । राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लव ०६९ सालमा स्थापित क्लव हो । यसको नेपाल भर ६५ वटा भन्दा वढि शाखाहरु रहेका छन् ।

SHARE