रोटरी क्लब रामपुरले मनायो स्थापना दिवस

0
284

सुशीला रेग्मी
पुस ७,२०७८ रामपुर (पाल्पा) :रोटरी क्लब रामपुर पाल्पाले संस्था स्थापनाको एक वर्षको अवसरमा स्थापना दिवस मनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा संस्था दर्ता भएको एक वर्ष अर्थात डिसेम्बर २१ तारिखको अवधि पारेर कार्यक्रम गरिएको हो । क्लबका अध्यक्ष राजप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनाल रहनुभएको हो ।

प्रदेश सभा सदस्य खनालले क्लबको माध्यमबाट निस्वार्थ रूपमा समाज सेवामा काम गर्नुपर्ने, आफुले विभिन्न पेशा, व्यवसायबाट गरेको आयआर्जनको केही रकम क्लबमा खर्चेर सामाजिक क्षेत्रमा सेवा गर्न अनुरोध गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले एक वर्षको अवधिमा क्लबले निस्दि गाउपालिकाका २ विद्यालयमा न्यानो कपडा वितरण, कोभिड १९ को महामारीमा निरन्तर काममा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मिलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभएको छ ।
कार्यक्रममा रोटरी क्लब अफ इन्टरनेशनल ३२९२ नेपाल भुटानका जोन २१ क असिष्टेन गभर्नर राजकुमार गुप्ताले रामपुरमा आवश्यकता के छ त्यो पहिचान गरी सामाजिक कार्यमा लाग्न सुझाव दिनुभएको छ ।

रोटरी क्लब बुटवलका पुर्व अध्यक्षहरु धुर्बकुमार धिताल, कृष्णप्रसाद अर्याल, रोटरी क्लव अफ रुपन्देहीका रोटरियन डा ताराप्रसाद उपाध्याय, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, सामुदायिक रेडियो रामपुरका स्टेशन प्रबन्धक छबिलाल खनाल, पृथ्वी टेलिभिजनका स्टेशन प्रबन्धक कृष्णप्रसाद पौडेल लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।

उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव सुर्यप्रसाद घिमिरेले गर्नुभएको हो । कार्यक्रमको अवसरमा पाँच जना नयाँ सदस्यलाई स्वागत गरिएको छ । कार्यक्रममा धन्यवाद रोटरियन सागरप्रसाद देवकोटाले दिनुभएको हो ।

SHARE