७० बर्ष कटेका ८३ जना वृद्ध वृद्धालाई न्यानो कपडा

0
375

पुस ४,२०७८ गुल्मीः रेसुंगा नगरपालिका वडा नम्वर ९ मा रहेका ७० बर्ष माथिका ८३ जना नागरिकहरुलाई चिसोबाट बच्नका लागि न्यानो कपडा (ब्लाङकेट) र च्यवनप्रास प्रदान गरी सम्मान गरिएको छ ।

नगरपालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत उनीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष नारन सुनारले जानकारी दिए ।
जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि एंव नगरप्रमुख डिल्लीराज भुसालले जेष्ठ नागरिकहरु उहाँहरुसंग धेरै पहिले देखीको बिकास निर्माण लगायत अन्य क्षेत्रहरुको पनि अनुभब भएको भन्दै उहाँहरुको अनुभबबाट नयाँ पुस्ताहरुले धेरै सिक्नुपर्ने बताए ।

भुसालले यो समय चिसोको समय भएकाले स्वास्थ्यको ख्याल गर्न जेष्ठ नागरिकहरुलाई आग्रह समेत गरे । चिसोको समयमा खानपानमा ध्यान दिन र परिवारका सदस्यहरुले बिशेष ख्याल र स्याहार सुसारमा ध्यान दिन आग्रह गरे । नगरप्रमुख भुसालले जेष्ठ नागरिकहरुलाई घृण नगरी माया गर्नुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेपछी भएका बिकास निर्माणमा भएका कार्यहरुको बिकास दर्पण पनि विमोचन गरिएको हो ।
नगरप्रमुख भुसालले आफूहरुले निर्वाचनमा जनताहरुसंग गरेका प्रतिबद्धताहरु पुरा हुँदै गएको बताए । नगरका जनताहरुको समस्यालाई समाधान गर्न नगरपालिका सधै साथमा रहेको भुसालले बताए ।

यस्तै सोही कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा खटिने ब्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

SHARE