गुल्मीमा १५ जना सडक बालबालिकाको उद्धार

0
311

मंसिर २९,
जनक पन्थ, गुल्मी : गुल्मीमा १५ जना सडक बालबालिकाको उद्धार गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास बजार क्षेत्रमा रहेका सडक बालबालिकाको रक्षा र उनिहरुले पठन पाठनको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले चासो देखाएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले तम्घासमा बेवारिसे अबस्थामा रहेका १५ जना बालवालिकालाई बिद्यालय भर्ना गरेको छ । प्रहरी तम्घास बजार क्षेत्रका बिभिन्न स्थानबाट जम्मा गरेका सडक बालबालिकाहरुलाई अबिभावकलाई जिम्मा लगाएर उनिहरुले पढन चाहेको बिद्यालयमा पढने व्यवस्था मिलाएको हो ।
बालवालिका विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेको तर्फ चासो देखाउँदै उनिहरुलाई पढने व्यवस्था मिलाइएको छ । सडक छाप हुँने क्रममा बढ्दै गएकाले पहिलो चरण फेला परेका १५ जना बालबालिकाहरुलाई स्कुल डे«ससहित मिलाएर बिद्यालयमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनु भयो ।

सडकम बालवालिकालाई बिद्यालय पढ्न आउने बानी बसाल्नको लागि अधिकत्तम प्रयास गर्ने महेन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताउनु भयो ।
बालवालिका अभिभावकहरु ज्याला मजदुरीका साथै मदिरा सेवन गर्ने र स्कुल पनि नपठाउने गर्नाले सडक बालवालिकाहरु छाडा बन्दै गएका हुन् । उनिहरुले सदरमुकाम तम्घासका बिभिन्न पसलहरु र मानिसहरुसँग समेत पैसा माग्ने गर्दछन् ।

SHARE