सुरक्षा सम्बन्धी रणनीति तयार गर्न अन्तर जिल्ला स्तरीय सुरक्षा बैठक

विपद संगै अपराधका घटनाहरुलाई न्यूनिकरणमा टेवा पुग्ने बिश्वास

0
261

तिलाचन पाण्डे
मंसिर२७,२०७८ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा शान्ती सुरक्षा कायम गर्न र अपराधका घटनाहरुलाई न्यूनिकरण गर्नका लागि अन्तर जिल्ला स्तरीय सुरक्षा बैठक गरेको छ ।

विपदका घटनाहरुसंग समन्वय, सुरक्षा, लागुऔषध ओसारपसार र सूचनाहरु आदान प्रदान गर्नका लागि अन्तर जिल्ला स्तरीय सुरक्षा बैठक गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।

सोही अनुसार शनिवार पर्वत र गुल्मी जिल्लाका सुरक्षा निकायका प्रमुख बिच गुल्मी पर्वत र स्याङजाको संगम स्थल सेतिबेनीमा समसामयीक बिषयमा समन्वय बैठक बसेको पौडेले बताए ।

समन्वय बैठकले अन्तर जिल्ला स्तरीय सुरक्षा , विपदका घटनाहरुमा समन्वय र अपराधका घटनाहरुलाई न्यूनिकरण गर्नका लागि ठूलो भूमिका निर्वाह गर्ने पौडेलले दाबी गरे ।

अन्तर जिल्ला स्तरीय सुरक्षा बैठकले दूई जिल्लाका सुरक्षा प्रमुखहरु बिच चिनजान र अपराधका घटनाहरुलाई न्यूनिकरण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने पर्वतका प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले बताइन् ।

संभावित विपदका घटनाहरुमा सहयोग ,चोरी पौठारी र तस्करीहरुलाई नियन्त्रण , महिला बेचबिखन र फरार अपराधीहरुलाई पक्राउ गर्नका लागि समन्वय बैठकको उपलब्धी हुने उनको दाबी छ ।
अन्तर जिल्ला स्तरीय सुरक्षा बैठकले एक आपसमा पहिचान र संभावित अपराधहरुलाई नियन्त्रण गर्नमा टेवा पुग्ने उनको बिश्वास छ ।

पाल्पा र गुल्मी जिल्लाका सुरक्षा प्रमुखहरु बिच मङ्सिर २२ गते रिडीमा समन्वय बैठक बसेको थियो । गुल्मी जिल्लासंग जोडिएका छिमेकी जिल्लाहरुका सुरक्षा निकायका प्रमुखहरुसंग समन्वय बैठकलाई निरन्तरता दिदै जाने प्रजिअ पौडेलले बताए ।

SHARE